घोषणा पत्रको पूर्ण पाठ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
[PDF]
[Word]
पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति
- नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने छ । विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिने छ, पर्यटकीय गन्तव्यको प्रचार-प्रसार गरिने छ । नेपाली कूटनीतिक नियोगहरूलाई पर्यटन प्रवर्द्धनमा परिचालन गरिने छ ।
- पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधारहरू निर्माण तथा सुधार गरिने छ । पर्यटन सेवाको विस्तार गरिने छ । पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने छ ।
- गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै आगामी पाँच वर्षमा पर्यटकको सङ्ख्या वार्षिक २५ लाख पुऱ्याइनेछ । पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिने छ ।
- प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गरिने छ । जैविक र पर्यावरणीय विविधतासहितको इको टुरिज्मलाई प्रवर्द्धन गरिने छ ।
- नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तार गरिने छ । सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गरिने छ ।