घोषणा पत्रको पूर्ण पाठ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
[PDF]
[Word]
स्वच्छ, सुन्दर र आधुनिक राजधानी
- काठमाडौँ उपत्यकाका सहरलाई प्राकृतिक, सांस्कृतिक, धार्मिक, तथा ऐतिहासिक सम्पदाले युक्त आधुनिक सहरहरूका रूपमा विकास गरिने छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरूलाई एकीकृतरूपमा विकास गर्दै उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमुना बनाइने छ ।
- उपत्यकाका बाग्मती, विष्णुमती, रुद्रमती, मनोहरा र हनुमन्ते नदी र खोलाहरू स्वच्छ र सफा गरिने छन् । राजधानी उपत्यकालाई फोहोर, धुलो, हिलो र प्रदूषणमुक्त बनाइने छ । उपत्यकाको वरिपरि वन क्षेत्रका संरक्षण गर्दै हरियाली र सौन्दर्य विकास गरिने छ ।
- हाम्रो नेतृत्वको सरकारले तयार पारेको बृहत्तर टुँडिखेल क्षेत्रको गुरुयोजना कार्यान्वयन गरिने छ । काठमाडांै उपत्यकाको ट्राफिक जामलाई ध्यानमा राखी फ्लाईओभर लगायत आवश्यक संरचना निर्माण गरिने छ । पेट्रोलियम वाहनलाई विद्युतीय वाहनबाट प्रतिस्थापन गरिने छ । धूवाँ उत्सर्जन गर्ने उद्योगहरू उपत्यकाबाहिर स्थानान्तरण गरिने छ ।