घोषणा पत्रको पूर्ण पाठ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
[PDF] [Word]
जनताको कर: जनताकै लागि
करका दरहरूलाई प्रगतिशील बनाइने छ । करको दायरा विस्तार गरिने छ । उद्योगी व्यवसायी र आयआर्जन गर्ने व्यक्ति निरुत्साहित हुने र उद्यमशीलता घट्ने गरी करका दरहरू निर्धारण गरिने छैन; तर जनताको करलाई दुरूपयोग हुन पनि दिइनेछैन ।
राजस्व मास्ने, राजश्व चुहावट र दुरूपयोग गर्ने, लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्ने, विकास आयोजनाको पुँजीगत खर्च गर्न नसक्ने र फजुल खर्च गर्नेलाई उत्तरदायी बनाई सजायँ गर्न कानुनमा संशोधन गरिने छ । वित्तीय नीति, राजस्व नीति र खर्च नीतिको तर्जुमा र कार्यान्वयन एक अर्काको प्रवर्धक हुने गरी व्यवस्थित गरिने छ । स्थानीय तहमा पञ्जीकरणसम्बन्धी शुल्क हटाइने छ ।
अनौपचारिक अर्थतन्त्रलाई मौद्रिकीकरण र औपचारीकरण गरिने छ ।
न्यून विजकीकरण, अधिकविजकीकरण, हुण्डी लगायतका विभिन्न माध्यमबाट अवैधरूपमा मुद्रा विदेश लग्ने कार्यलाई नियन्त्रण गरिने छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने लगानी विरूद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन गरिने छ ।