घोषणा पत्रको पूर्ण पाठ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
[PDF]
[Word]
सक्षम राज्य, स्वतन्त्र न्यायालय
- व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक अङ्ग र सम्पूर्ण सरकारी सार्वजनिक संयन्त्र एक अर्काका विरूद्ध लक्षित होइनन्, नेपाल र नेपालीको हितका लागि काम गर्ने राष्ट्रिय मूल प्रवाहमा आबद्ध एक अर्काका प्रवर्धक हुन् भन्ने आधारभूत शासकीय मान्यताका आधारमा नेकपा (एमाले) ले राज्य सञ्चालनको नेतृत्व गर्नेछ । नेकपा (एमाले) ले सिङ्गो नेपालको, सम्पूर्ण नेपालीको प्रतिनिधित्व गरेर सरकार सञ्चालन गर्नेछ, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्नेछ ।
- कानुनको शासन, स्वतन्त्र न्यायालय, शक्तिपृथक्कीकरण, नियन्त्रण र सन्तुलन र जनताका हक अधिकारको प्रत्याभूतिको पक्षपोषण गरिने छ । न्यायालयप्रति जनताको विश्वास अभिवृद्धि गर्न आवश्यक सुधारको प्रक्रिया अघि बढाइने छ ।
- हामी स्वतन्त्र न्यायालयको जग सुदृढ गर्न तथा यसका पूर्वसर्तहरूको विकास गर्न प्रतिबद्ध छौँ । स्वच्छ, निस्पक्ष र जिम्मेवार स्वतन्त्र न्यायालयको पक्षमा छौँ । आग्रह, पूर्वाग्रह, सत्ताषड्यन्त्र र अनुचित महत्त्वाकाङ्क्षाको बाछिटाबाट मुक्त राष्ट्र, जनता, न्याय र संविधानप्रति समर्पित न्यायालयको पक्षमा छौँ ।