detail-img

मन्त्रिपरिषद्  विस्तार, नेकपा (एमाले) बाट उपप्रधानमन्त्रीसहित आठ मन्त्री  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले आजै (माघ ३ गते)  शपथ ग्रहण गरी कार्यभार सम्हाल्नुभएको छ । 
नेकपा (एमाले) को अग्रसरता र पहलकदमीमा सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको वर्तमान सरकारमा नेकपा (एमाले) बाट उपप्रधानमन्त्रीसहित आठ जना मन्त्री रहनुभएको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा मन्त्रीहरू नियुक्त गरी  पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 
नेकपा (एमाले) बाट आज नियुक्त हुनुभएका मन्त्रीहरूमा विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती हुनुहुन्छ । नेकपा (एमाले) बाट यस अघि नै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित चारजना मन्त्री नियुक्त हुनुभएको थियो । आज सबै मन्त्रीहरूको कार्य विभाजन समेत भएको छ । 
जसअनुसार, ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकासमन्त्री, दामोदर भण्डारी,  उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री, राजेन्द्रकुमार राई, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री, विमला राई पौडेल, परराष्ट्रमन्त्री, पदम गिरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, भगवती चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री,  हरि उप्रेती, रक्षा मन्त्री नियुक्त हुनुभएको छ ।  
यसैगरी, माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त हुनुभएको छ । 
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम तथा रोजगार र शिशिर खनाललाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त हुनुभएको छ । रास्वपाका अध्यक्ष रवि लामिछाने यस अघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री नियुक्त हुनुभएको छ भने राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विक्रम पाण्डे शहरी विकासमन्त्री नियुक्त हुनुभएको छ । राप्रपाबाट दीपक सिंह उर्जा राज्यमन्त्री नियुक्त हुनुभएको छ ।  
यसैगरी पहिलो चरणमै मन्त्री नियुक्त हुनुभएका जनमत पार्टीका अब्दुल खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन यस प्रकार छः