detail-img

‘मिसन ग्रासरुट’लाई वडातहसम्म लैजाने निर्णय 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आज बसेको बैठकले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को समीक्षा गरेको छ । 
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अभियानबाट पार्टीका कमिटीहरू चलायमान भएको र कार्यकर्ताहरूमा उत्साह पैदा भएको निष्कर्ष निकाल्नुका साथै मिसन ग्रासरुटलाई वडातहसम्म विस्तार गर्ने निर्णय गरेको छ । 
पार्टीले मिसन ग्रासरुट यही फागुन ५ गतेदेखि शुरू गरेको हो । पार्टीका उपाध्यक्ष र सचिवहरू अनुगमन र संयोजनको जिम्मेवारीमा रही केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा खटाई सञ्चालन गरिएको अभियानलाई वडा तहसम्म लैजाने निर्णय गरिएको छ ।