detail-img

कोशी प्रदेशः अस्पताल क्षेत्रमा सरसफाई, टोल कमिटी गठन र योजना तर्जुमा

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी अस्पतालमा सरसफाई गरिएको छ । 
नेकपा (एमाले) प्रदेश कमिटी सदस्य लक्ष्मी फुयाँल र सदस्य मधु गुरुङको उपस्थितिमा पालिका कमिटी अध्यक्ष सुशिल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बृक्षरोपण पनि गरिएको छ । 
मिसन ग्रासरुट अन्तर्गत रचनात्मक काम गर्ने सिलसिलामा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सफासुग्धर र हरियाली हुनुपर्ने भन्दै सरसफाई र बृक्षरोपण कार्यक्रम आयोजना गरिएको पालिका कमिटीका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै मोरङकै विराटनगर महानगरपालिकामा पनि टोल कमिटीहरू गठन गर्ने क्रम चलिरहेको नेकपा (एमाले) विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बताउनुभयो । 
उहाँका अनुसार बुधबार विराटनगर–१८ स्थित भेडियारीमा कृत्यानन्द मण्डलको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ । 
यस्तै विराटनगर–३ मा पनि टोल कमिटी गठन भएको छ । अभियानकै क्रममा आसन्न स्ववियु निर्वाचनलाई लक्षित गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुलाई जिताउन क्रियाशील रहने महानगर अध्यक्ष थापाले बताउनुभयो । उहाँले क्षेत्र नम्बर ४ अन्तर्गत विराटनगरका सम्पूर्ण वडाका अध्यक्षहरूको संयुक्त बैठक गरिएको बताउनुभयो ।
मोरङकै पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ३ र ७ नम्बर वडाको योजना बैठक सम्पन्न भएको छ । बैठकले चैत्र १० गते वडा नम्बर ३ को पिपलचोकमा जेष्ठ नागरिकहरूसँग नेकपा (एमाले) का नेताहरूको भलाकुसारी कार्यक्रम राखिएको नेकपा (एमाले) का केन्द्रीय सदस्य युवराज बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार भलाकुसारी कार्यक्रममा जेष्ठ नागरिकहरूको दुःख सुखका कुरा सुन्ने उद्देश्य राखिएको हो । यस्तै चैत ११ गते पालिकास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने तय भएको बाँस्कोटाले बताउनुभयो ।

कोशी प्रदेश सहकारी विभागको बैठक सम्पन्न
मिसन ग्रासरुट अन्तर्गत नेकपा (एमाले) कोशी प्रदेश कमिटी सहकारी विभागको बैठक सम्पन्न भएको छ ।
नेकपा (एमाले) कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेको उपस्थितिमा सहकारी विभागका प्रमुख रमेश पोखरेलको अध्यक्षतामा बैठक बसी विभागीय कामको योजना निर्माण गरिएको कार्यालय सचिव नरेन्द्र बरालले बताउनुभयो । कार्यक्रममा सहकारी विभागका सदस्यहरूलाई जिम्मेवारी प्रदान गरिएको छ । यस्तै कार्यक्रमका प्रदेश कमिटी अध्यक्ष  न्यौपानेले पार्टीको मिसन ग्रासरुट कार्यक्रमलाई सफल बनाउन सबैलाई आ–आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिनुभएको छ ।

कोशी प्रदेश रिटर्नी फेडेरेशनको अधिवेशन सम्पन्न   
नेकपा (एमाले) को जनसंगठन रिटर्नी फेडेरेशन नेपाल कोशी प्रदेशको अधिवेशन बुधबार सम्पन्न भएको छ । नेकपा (एमाले) प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ४१ सदस्यीय कमिटी गठन गरेको हो ।


टीएन बरालको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा धर्मेन्द्र खड्का र  रेखा रेग्मी चयन हुनुभएको छ । यस्तै सचिव एकराज सापकोटा, उपसचिव ज्ञानमणि दाहाल र बुद्धराज लिम्बु चयन हुनुभएको छ भने कोषाध्यक्षमा उमादेवी सेडाईं चयन हुनुभएको नव निर्वाचित सचिव सापकोटाले जानकारी दिनुभयो । 
बैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकहरूलाई उद्यमशीलता र स्वरोजगारसँग जोड्दै मुलुकलाई समृद्ध नेपाल सुखी नेपालीको अभियानमा जोड्ने उद्देश्यले रिटर्नी फेडेरेशन गठन भएको हो ।

खोटाङमा वडा कमिटी गठन र सेल्टरदाताको सम्मान 
विराटनगर । नेकपा (एमाले) ले गत फागुन ५ गतेबाट आरम्भ गरेको मिसन ग्रासरुट अभियान कोशी प्रदेशका सबै जिल्लामा निरन्तरता दिने काम भइरहेको छ । 
यसै सन्दर्भमा बुधबार खोटाङको रावाबेसी गाउँपालिकाको वडा नम्बर ४ डुम्रे धारापानीमा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।


डिल्लीराम पाण्डेको अध्यक्षतामा कमिटी गठन भएको हो ।  कमिटीले मिसन ग्रासरुट कार्यक्रमलाई उत्साहका साथ सञ्चालन गर्ने निर्णय गरेको छ । 
यस्तै पञ्चायतविरुद्धको आन्दोलनमा सेल्टरदाता ८८ वर्षीया  नन्दमाया रिजाललाई सम्मान गरिएकोे कोशी प्रदेश कमिटीका सदस्य कमल बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रममा कोशी प्रदेश सचिवालय सदस्य हरि पोखरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

झापामा मिसन अभिमुखीकरण कार्यक्रम 


मिसन ग्रासरुट अभियान अन्तर्गत झापाका विभिन्न पालिकामा बुधबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन् । 
झापाको कचनकवल गाउँपालिकामा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेल, केन्द्रीय प्रतिनिधि शकुन्तला बस्नेतलगायतको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम भएको हो । 
कार्यक्रममा मिसन ग्रासरुटको उद्देश्यका बिषयमा प्रष्ट पार्दै पार्टीका स्थानीय नेताकार्यकर्तालाई जनताका हरेक समस्याको सारथी बन्न प्रशिक्षण दिइएको छ । गाउँपालिका कमिटीका अध्यक्ष सुमन नेम्वाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको प्रदेश कमिटी सचिवालय सदस्य सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
यस्तै झापाकै भद्रपुर नगरपालिका कमिटीले पनि अभिमुखीकरण कार्यक्रम गरेको छ । भद्रपुरमा केन्द्रीय प्रतिनिधि शकुन्तला बस्नेतको उपस्थितिमा अभिमुखीकरण सम्पन्न भएको हो ।

ओखलढुङ्गामा वडास्तरीय योजना बैठक 
ओखलढुङ्गाका विभिन्न पालिकामा बुधबार योजना बैठकहरू सम्पन्न भएका छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका वडा नं. ७ र ८ मा योजना बैठक सम्पन्न गरिएको छ । 
यस्तै लिखु गाउँपालिकाको वडा नं. १ मा योजना बैठक सम्पन्न भएको छ । मानेभन्ज्याङ गाउँपालिकाको वडा नम्बर ५, ६ र ८ मा पनि योजना बैठक सम्पन्न भएका छन् भने खिजिदेम्बा गाउँपालिकाको वडा नम्बर ५ को योजना बैठक सम्पन्न भएको छ । यस्तै सिद्धिचरण नगरपालिकाका वडा नम्बर ११ र १२ मा र चम्पादेवी गाउँपालिकाको वडा न्म्बर २ मा योजना बैठक सम्पन्न भएको नेकपा (एमाले) ओखलढुङ्गाका अध्यक्ष शंकरबहादुर कटुवालले जानकारी दिनुभयो ।

तेह्रथुमको छथरमा कार्ययोजना निर्माण 
तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ५ को नेकपा (एमाले) वडा कमिटीको विस्तारित बैठक ओख्रेमा सम्पन्न भएको छ । पार्टीका नेता लक्ष्मण तिवारीको उपस्थिति र वडा कमिटीका अध्यक्ष केदार बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्नुका साथै कार्ययोजना निर्माण गरेको हो ।
बैठकमा जिल्ला कमिटी सदस्य वीरबहादुर लिम्बुलगायत नेताकार्यकर्ता तथा शुभेच्छुकहरू गरी २०५ जना सहभागी हुनुहुन्थ्यो । बैठकले चैत ११ गते भगवती माध्यामिक विद्यालय परिसरमा श्रम शिविर सञ्चालन तथा सरसफाई कार्यक्रम आयोजना गर्ने लगायतका कार्ययोजना निर्माण गरेको छ । 
यस्तै, चैत १९ गते बिहीबारे हटियामा अभिमुखीकरण तथा संगठित सदस्यता नवीकरण शिविर सञ्चालन गर्ने कार्ययोजना निर्माण गरेको छ । बैठकबाट विभिन्न टोली गठन गरी जिम्मेवारी तोकिएको छ । टोलीलाई टोल कमिटीको बैठक, कमिटी गठन तथा पुनर्गठन, तथ्याङ्क सङ्कलन, टोल कमिटीको क्रियाशिलता र समग्रमा आधारभूत तहमा पार्टीको अबस्थाका बारेमा यथार्थ जानकारी लिने लगायतका जिम्मेवारी तोकिएको छ ।