detail-img

अध्यक्ष ओलीद्वारा झापा र मोरङका चुनावी कार्यक्रममा सम्बोधन

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन अब तीन दिन मात्रै बाँकी रहँदा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता उस्तै छ ।

सोमबार काठमाडौँ, ललितपुर र कास्कीको कार्यक्रम सकेर झापा पुग्नुभएका अध्यक्ष ओली मंगलबार झापा र मोरङमा ब्यस्त हुनुभयो । मौन अवधि सुरु हुने अघिल्लो दिन अध्यक्ष ओलीले आजै काठमाडौँमा सम्बोधन गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले अहिले झापाको गौरीगञ्ज र मोरङको मिक्लाजुङस्थित मधुमल्लामा नेकपा एमालेकाे बृहत् चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

अध्यक्ष ओलीले सम्बोधनका क्रममा एमालेका उम्मेदवारहरूलाई जिताउन र गठबन्धनलाई परास्त गर्न ढुक्कले सूर्य चिन्हका मतदान गर्न अपिल गर्नुभयो ।