detail-img

बजेटका कारण उद्योगी आन्दोलन गर्न बाध्य  


काठमाडौँ । नेकपा (एमाले)  उद्योग, वाणिज्य तथा आपूर्ति विभागले सरकारले केही उद्योगीलाई मात्रै फाइदा हुने गरी बजेट ल्याएकामा गम्भीर आपत्ति प्रकट गरेको छ । 
विभागले विहीबार पत्रकार सम्मेलन गरी बजेटकै कारण उद्योगीहरू आन्दोलनमा उत्रन बाध्य भएको जनाएको छ ।  
नेपालको इतिहासमा अहिलेसम्म बजेटलाई लिएर उद्योगीहरू आन्दोलनमा उत्रिएका थिएनन् तर आर्थिक बर्ष २०७९÷८० को बजेट आएपछि उद्योगीहरू आन्दोलमा उत्रिन बाध्य भएको विभागका प्रमुख मोतिलाल दुगडले वताउनु भयो ।  
 प्रमुख दुगडले कानुनले अनुमति दिएको क्षेत्रको काम रोकिए सम्वन्धित व्यक्ति र संस्थालाई देशद्रोही र भ्रष्ट घोषणा गर्ने चेतावनी समेत दिनुभयो ।
‘निजी क्षेत्रको काम रोकिएको अवस्थामा कुन–कुन कारणले रोकिएको हो भनेर उद्योगलाई जानकारी गराउनुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘ सरकारले उद्योग मैत्री बजेट ल्याउन नसक्दा समस्या भयो ।  
‘अर्थमन्त्री र सरकारले नै बजेट गलत आएको स्वीकार्दै त्यसलाई सुधार गरेर अगाडि बढ्ने भनेको थियो,’ दुगडले भन्नुभयो, ‘ तर, अहिलेसम्म सुधार भएन ।’