११ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा आपसी सहयोगको महत्वपूर्ण सहमति भएको छ ।
आज भएको सहमति अनुसार नेकपा (एमाले)ले प्रगतिशील लोकतान्त्रिक पार्टीका रुकुमपूर्व र रुकुमपश्चिमका उम्मेदवारको पक्षमा आँखा चिन्हमा मतदान गर्ने छ ।
त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका दुबै रुकुम बाहेकका जिल्लाहरूमा नेकपा (एमाले)का उम्मेदवारहरूको पक्षमा सूर्य चिन्हमा मतदान गर्ने छ ।
सो अनुसार, प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णाली प्रदेशका डोल्पा, मुगु, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र पुरानो राप्ती अञ्चलका रोल्पा, प्यूठान र दाङमा एमालेका उम्मेदवारहरूको पक्षमा सूर्य चिन्हमा मतदान गर्ने सहमति भएको छ ।
तीनबुँदे सहमतिमा नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सहमति कार्यान्वयन गर्न दुबै पार्टीले आ–आफ्नो आन्तरिक पङ्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति भएको छ ।
सहमति यस प्रकार छः