detail-img

राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेका सबै उम्मेदवार विजयी 

११ माघ (२०८२), काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि आज भएको निर्वाचनमा नेकपा (एमाले)का सबै उम्मेदवार विजयी हुनुभएको छ । पार्टीबाट सात प्रदेशमा आठ जना उम्मेदवार हुनुहुन्थ्यो ।  
निर्वाचन परिणाम अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखाकुमारी झा, बाग्मती प्रदेशबाट प्रेम दङ्गाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाक्री, कर्णाली प्रदेशबाट मीनासिंह रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 
निर्वाचनमा दुई प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मतदानमा आपसी सहयोगको सहमति गरी उम्मेदवार खडा गरिएको थियो । सो अनुसार एमालेबाट आठ र नेपाली कांग्रेसबाट नौ जना उम्मेदवार हुनुहुन्थ्यो । दुबै पार्टीका सबै उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि भएको निर्वाचनमा मधेशबाट प्रतिनिधित्व हुने ४ सिटमध्ये एउटामा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको छ ।