detail-img

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश 

१६ फागुन (२०८२), बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । 
उहाँलाई नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गर्नुभयो । उपाध्यक्ष पौडेलले पहाडी र गौतमद्वयको एमाले प्रवेशले रुपन्देहीको एमाले अझै बलियो बनेको बताउनुभयो । 
नेपालको कम्युनिस्ट आन्दोलन र दलित आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका पहाडी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुनुहुन्छ । 
एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर एमालेसँग यात्रा गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको धारणा राख्नुभयो ।  भदौ २३–२४ पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर प्रहार भइरहेको उल्लेख गर्दै एमाले र ओलीमाथिको प्रहार विधि र विधान माथिको प्रहार भएको बताउनुभयो ।
पहाडीले कुनै लोभ र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाउनुभयो । उहाँसँगै नेकपाका रूपन्देही सदस्य सरोज गौतम र बुटवल नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गर्नुभयो ।