detail-img

ठेगाना बिनाका भिल्केबाट सचेत बनौंः उपमहासचिव भट्टराई

१७ फागुन (२०८२), दमक । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले झापा क्षेत्र नं. ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ । 
आइतबार यसै क्षेत्र अन्तर्गतको दमक–१ मा आयोजित चुनावी कार्यक्रममा उहाँले विकास, राष्ट्रियता र राष्ट्रवादी अडानका कारण अध्यक्ष ओलीको विकल्पमा अरु नेता नभएको र आसन्न चुनावमा यस क्षेत्रमा समेत उहाँनै निर्विकल्प रहेको बताउनुभएको हो । 
झापा–५ मा भएको विकासले पनि यहाँका मतदाताले अध्यक्ष ओलीलाई नै रोज्नेमा आफू ढुक्क रहेको उपमहासचिव भट्टराईले बताउनुभयो । 
चुनावको मुखमा कतिपय ठेगाना विनामा झिल्केहरू उम्मेदवार भएको उल्लेख गर्दै त्यस्ताको इतिहास र भविष्य केही नहुने बताउनुभयो । ‘उनीहरु आफैको त न इतिहास छ, न भविष्य छ, त्यस्ताबाट देश र जनताले के अपेक्षा गर्न सक्छन् र ? उहाँले भन्नुभयो । 
उपमहासचिव भट्टराईले अहिले देश र संविधानलाई सङ्कटमा पार्न खोजिएको भन्दै एमाले देशको अभिभावक पार्टी भएकाले चुनावपछि सवै सम्हाल्ने बताउनुभयो । आफ्ना नेतासँग जिज्ञासा, गुनासा र प्रश्न राख्ने अधिकार जनतालाई रहेको उल्लेख गर्दै उहाँले सोही कारण पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले प्रत्येक नागरिकको गुनासाको सम्बोधन गरिरहेको बताउनुभयो । जनताका प्रश्नहरूबाट भाग्नेले देश बनाउँछन् भनेर आशा राख्नुनै बेकार रहेको समेत उहाँले बताउनुभयो ।