१७ फागुन (२०८२), भोजपुर । भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसमा आबद्ध रहेका ६८ जना कार्यकर्ता, समर्थक एमालेमा प्रवेश गरेका छन् ।
भोजपुरको आमचोक गाउँपालिका ७ सागुरीमा नेकपा र कांग्रेसका कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।
आमचोकको सागुरी गाउँबाट नेकपाका २५ जना र कांग्रेसबाट १६ जना एमाले प्रवेश गरेको एमाले आमचोक गाउँ कमिटी सचिव मिलन राईले जानकारी दिनुभयो । त्यस्तै सोही वडाको दुम्रेमा नेकपाबाट २७ जना नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरूलाई एमालेका सचिव तथा भोजपुरबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले पार्टी प्रवेश गराउनुभयो ।