१८ चैत (२०८२), काठमाडौं । प्रतिनिधि सभामा नेकपा (एमाले)को संसदीय दलको नेतामा पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन हुनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताउनुभयो ।