detail-img

अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया

३० चैत (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको छ ।
अध्यक्ष ओलीको पित्तथैलीमा रहेको स्टोनको आज त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी निकालियो । 
पार्टीका केन्द्रीय सदस्य तथा कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीको शल्यक्रिया बिहान ११ः४५ तिर सफलतापूर्वक सम्पन्न भएको थियो ।