४ बैशाख (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आज बसेको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यस अघि निर्धारित केही कार्यक्रमलाई संशोधन गरेको छ ।
बैठकले सबै जिल्ला कमिटीहरूले यही बैशाख ९ गते पार्टी स्थापना दिवसमा सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, उपत्यकाको हकमा भने बैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरिने भएको छ ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा यही बैशाख ७ र १२ गते गर्ने गरी तय भएका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।