१० साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको INSPIRE Connects को पहिलो अन्तरक्रिया श्रृङ्खला आज सम्पन्न भएको छ ।
कार्यक्रमको उद्देश्य युवाहरूका विचार, चासो, चुनौती र नीति सम्बन्धी अपेक्षाहरू प्रत्यक्ष रूपमा सुन्ने तथा उनीहरूसँग संवाद स्थापित गर्ने रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालको उपस्थिति रहेको थियो । साथै निर्देशक समितिका सदस्यहरू डा. युवराज खतिवडा, डा. नेत्र तिम्सिना, डा. योगेन्द्र गुरुङ तथा पूर्व ब्रिगेडियर जनरल विनोद पाण्डेय लगायतको पनि सहभागिता रहेको थियो ।
अन्तरक्रियाका क्रममा युवाहरूले समसामयिक नीति, शासन, अर्थतन्त्र, प्रविधि, रोजगारी, शिक्षा तथा राष्ट्रिय विकाससँग सम्बन्धित विविध प्रश्न, सुझाव र धारणा राखेका थिए । सहभागीहरूको जिज्ञासाको निर्देशक समिति सदस्यहरूले विस्तृत रूपमा जवाफ दिँदै रचनात्मक संवाद गरेका थिए ।
युवाहरूको उत्साहजनक सहभागिता र प्राप्त सुझावहरूले कार्यक्रमलाई अत्यन्त सफल बनाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले INSPIRE Connects लाई निरन्तर श्रृङ्खलाका रूपमा अगाडि बढाउँदै देशभरका युवासँग नियमित संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानद्वारा युवासँग अन्तरक्रिया
सेयर गर्नुहोस्
