detail-img

टोखाका मेयर उम्मेदवार श्रेष्ठसहित  माओवादीका २८ जना कार्यकर्ता एमालेमा  


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका राकेश श्रेष्ठसहित २८ जना कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।  
उहाँहरूलाई एमालेका बरिष्ठ उपाध्यक्ष तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले सोमबार खादा र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो ।
श्रेष्ठ माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत हुनुहुन्छ ।

 
कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । 
उहाँले एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै देशको माया गर्नेहरूलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने उहाँले बताउनुभयो ।
काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा तेस्रो स्थान हासिल गर्नुभएको थियो ।  
काठमाडौं क्षेत्र नम्बर ५ मा दैनिक जसो विभिन्न पार्टीबाट प्रवेशको लहर छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडामध्ये ११ वटा वडामा एमाले एक्लैले जित हासिल गरेको छ भने बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरू जितेको छ । 
गठबन्धनभित्रको किचलोका कारण यस क्षेत्रमा एमालेमा प्रवेश गर्ने क्रम दिनहुँ भइरहेको छ । 
एमालेमा प्रवेश गर्ने माओवादी केन्द्रका शेखर श्रेष्ठ, कृष्ण विक, सुरेन्द्र श्रेष्ठ, चेतबहादुर थापा, गंगालाल श्रेष्ठ, विनोद गौतम (वडा सदस्य उम्मेदवार), नेत्रमान श्रेष्ठ, प्रकाश भण्डारी (वडा सदस्य उम्मेदवार), रोनित भण्डारी (वडा सदस्य उम्मेदवार), सुनिता विष्ट विक (दलित महिला सदस्य उम्मेदवार), ज्ञानबहादुर श्रेष्ठ, अभिषेक श्रेष्ठ, विशाल कार्की, विमल मगर, सोमराज गुरुङ, रुजल श्रेष्ठ, विकास थापामगर, भुषण गुरुङ, दीपेश श्रेष्ठ, दिनेश मगर, रुपेश महर्जन, रुपेशबहादुर चन्द, सीता भण्डारी, शर्मिला थापा, प्रवीण श्रेष्ठ, सुरेश लावट (टोखा वडा नम्बर २ सहसचिव), प्रजन श्रेष्ठ (वाईसीएल वडा सदस्य) र प्रवीण श्रेष्ठ (वाईसीएल वडा सदस्य) हुनुहुन्छ ।