detail-img

रावल सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेता चयन 

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मत चयन हुनुभएको छ । 
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको अत्तरियामा शनिबार बसेको बैठकले पार्टीका पोलिटव्यूरो सदस्य रावललाई संसदीय दलको नेता चयन गरेको हो । 
नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यमा जेष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा बैठक बसेको थियो ।