असार – २ काठमाडौ,
बृहत रक्तदान कार्यक्रम सम्पन्न
नेकपा एमाले सम्पर्क समन्वय कमिटी सामाजिक सेवा बिभाग द्धारा यहि मिति २०८० असार २ मा प्रर्दशनीमार्ग स्थित आर.आर.क्याम्पसको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज क.लालबाबु पण्डितको प्रमुख आतिथ्यता तथा केन्द्रिय कमिटी सदस्यहरु क.रुक्मिणी राना, क.नरेन्द्र कुमार श्रेष्ठ,क.कल्पना थापा, केन्द्रिय अनुशासन आयोग सदस्य तथा संघिय सांसद क.रण कुमारी बलाम्पाकी मगर, केन्द्रिय लेखा आयोग सदस्य क.शान्ति पाख्रिन, सम्पर्क समन्वय कमिटीका संयोजक क. श्याम कुमार वस्नेत,सह–संयोजक क.ठानेश्वर बश्याल, सचिव इन्द्र प्रसाद भण्डारी लगायत सम्पर्क समन्वय कमिटीका सदस्यहरु,सातै प्रदेश सम्पर्क कमिटीका कमरेडहरु ,७४ वटै जिल्ला सम्पर्क मञ्चका कमरेडहरु,सबै पालिका सम्पर्क मञ्चका कमरेडहरु, रेडक्रसका स्वास्थ्यकर्मीहरु, पत्राकारहरु,सुरक्षाकर्मीहरु,स्वयसेबकहरु लगायत ब्यापक जनसमुदायहरुको उपस्थितिमा सामाजिक सेवा बिभाग प्रमुख क.राम पाण्डेको अध्यक्षतामा भब्य रुपमा सम्पन्न भएको छ । रक्तदान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि क.लालबाबु पण्डितले गर्नु भएको थियो भने पहिलो रक्तदान नेकपा एमाले सम्पर्क समन्वय कमिटी सामाजिक सेवा विभागका सचिव क.राम कुमार राउतले गर्नु भएको थियो र उहाँलाई प्रमुख अतिथि क.लालबाबु पण्डित र सम्पर्क समन्वय कमिटीका संयोजक क. श्याम कुमार बस्नेतले संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा ३३५ जनाले रक्तदान गर्न इच्छा देखाएकोमा २३८ जनाको मात्र रक्तदान गर्न स्वास्थ्यकर्मीबाट स्वीकृत भएकोले २३८ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो र सबै रक्तदाताहरुलाई प्रमुख अतिथि लगायत अन्य अतिथिहरुबाट प्रमाण पत्र बितरण गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि क. लालबाबु पण्डितलाई यस बिभागका प्रमुख क. राम पाण्डेले बिभागको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो र नेकपा एमाले सम्पर्क समन्वय कमिटी मातहतका सम्पूर्ण कमरेडहरु, सहयोगदाताहरु,स्वास्थ्यकर्मीहरु ,पत्रकारहरु सामाजिक क्षेत्रमा योगदान दिने ब्यक्तिहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै सामाजिक सेवा बिभागका उप प्रमुख तथा रक्तदान कार्यक्रमका संयोजक क. हरि प्रसाद काफ्लेले कार्यक्रमको समापन गर्नु भएको थियो ।
