६ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले) संविधान संशोधन सुझाव कार्यदलद्वारा संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधन सम्बन्धी सुझाव सङ्कलनका लागि गठित उपसमितिको बैठक आज बस्यो ।
उपसमितिका संयोजक अग्निप्रसाद खरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा उपसमितिका सदस्यहरू महेश बर्तौला, रमेश बडाल, टीकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापाका साथै विज्ञको रुपमा पूूर्व कानुनमन्त्री माधव प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढीकरण गर्नका लागि संविधान संशोधन सम्बन्धी सुझाव सङ्कलन गर्ने योजना रहेको र सोही बमोजिम बैठकमा छलफल भएको संविधान संशोधन कार्यदलका सदस्य–सचिव महेश बर्तौलाले बताउनुभयो । बैठकमा भएको छलफलका मुख्य विषयहरु यस प्रकार छन्ः
१. नेपालको संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने विषयमा छलफल भयो ।
२. संविधान संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा छलफल भयो ।
३. राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा सरोकारवालाबाट सुझाव सङ्कलन गर्ने विधि र प्रक्रिया सम्बन्धमा छलफल भयो ।
४. संविधान संशोधनका लागि प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने विषयमा छलफल भयो ।
संविधान संशोधन सुझाव उपसमितिको बैठक, कार्यान्वयनका अनुभव लगायत विभिन्न पक्षमा छलफल
सेयर गर्नुहोस्
