एमाले आज

रामेछापको भँगेरीमा पुष्पलालको ४८औं स्मृति दिवस मनाइयो

सेयर गर्नुहोस्

७ साउन (२०८३), रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस बिहीबार उहाँको जन्मस्थल रामेछापको भँगेरीमा श्रद्धापूर्वक मनाइएको छ ।
नेकपा (एमाले) रामेछापको आयोजनामा सम्पन्न कार्यक्रममा भँगेरीस्थित शहीद गंगालाल तथा संस्थापक महासचिव पुष्पलालको शालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरियो । 
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ल इन्चार्ज माधव ढुङ्गेलले नेपालमा लोकतन्त्र स्थापना र राजनीतिक परिवर्तनका लागि कम्युनिष्ट तथा कांग्रेसबीच सहकार्य आवश्यक रहेको पुष्पलालको विचारकै आधारमा बहुदलीय व्यवस्था र गणतन्त्रको स्थापना सम्भव भएको बताउनुभयो । 
वर्तमान राजनीतिक परिस्थितिमा पनि बामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औल्याउँदै एमाले बामपन्थी, लोकतान्त्रिक तथा संविधान निर्माणमा भूमिका खेलेका शक्तिहरूबीच सहकार्य र एकताको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो  । 
कार्यक्रममा एमालेका प्रदेश कमिटी, जिल्ला कमिटी, जनसंगठन, स्थानीय तह तथा वडा तहका नेताहरू, जनप्रतिनिधि र कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

हामीसँग जोडिनुहोस्