जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत चीनको अभिन्न अङ्गको रुपमा नेपालले सधै मान्दै आएको छ । नेपालमा व्यवस्था वा सरकार परिवर्तन हुँदा पनि नेपालले तिब्बत, ताइवान लगायतका बिषयमा एक चीन नीतिको मान्यतालाई अङ्गिकार गर्दै आएको छ । त्यसैगरी, नेपालको भू–भाग छिमेकी लगायत कुनैपनि मित्र राष्ट्रका विरुद्ध गतिविधि गर्न नदिने नीति पनि नेपालको परराष्ट्र नीतिको अभिन्न अङ्गका रुपमा रहँदै आएको छ । वर्तमान सरकारले नेपालले परापूर्वकालदेखि अपनाउँदै आएको नीतिलाई निरन्तरता नदिने हो कि भन्ने आशङ्का उब्जिरहेको परिप्रेक्षमा चीनको संवेदनशील भू–भागको बिषयलाई लिएर जुनसुकै नाम वा व्यानरमा नेपाली भूमिमा यस किसिमका गतिविधिले नजिकको भरपर्दो छिमेकीसँगको सम्बन्धमा आशङ्का उब्जाउने अवस्था रहन्थ्यो । त्यसमाथि अझ स्वयं चीनका तर्फबाट सम्मेलनप्रति गम्भीर चासो व्यक्त गरेको यस अवस्थामा सरकारका तर्फबाट रोक लगाउने बिषयलाई अन्यथा मान्न हुँदैन । हामीले बुझ्नुपर्दछ कि जसरी हामीलाई हाम्रो देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको बिषय गम्भीर लाग्छ, त्यसैगरी हाम्रा छिमेकी र मित्रराष्ट्रहरुले पनि आफ्नो भौगोलिक अखण्डताको बिषयलाई लिएका हुन्छन् । यस्तै बहुआयामिक सम्बन्ध भएका हाम्रा छिमेकीसँगको सम्बन्धमा हाम्रातर्फबाट कुनैपनि नकारात्मक सन्देश नजाओस् भन्नेतर्फ सधैंभर सचेत रहनुपर्दछ ।
तिब्बतीयन सम्मेलन रद्दमा एमाले भन्छः अन्यथा मान्न हुँदैनः सचिव डा. भट्टराई
सेयर गर्नुहोस्
