पाँचौँ महाधिवेशन

नेकपा (एमाले) को पाँचौा राष्ट्रिय महाधिवेशन २०४९ माघ १४ गतेदेखि २० गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । काठमाडौँको दशरथ रंगशालामा उद्घाटित महाधिवेशनको बन्दशत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो । २०४६ को संयुक्त जनआन्दोलनपछि अन्तरिम सरकार, नयाँ संविधान निर्माण र २०४८ को आमनिर्वाचन सम्पन्न भएर प्रतिनिधिसभामा ६९ सिट प्राप्त गरी प्रमुख विपक्षी दलको हैसियतमा स्थापित भइसकेको हुनाले नेकपा (एमाले) को उक्त महाधिवेशन राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनेको थियो । बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी दुई निर्वाचन क्षेत्रबाट जितेका कारण पार्टी बाहिरका लागि पनि मदन भण्डारी आकर्षणको केन्द्रमा भएको पृष्ठभूमिमा उक्त महाधिवेशन आयोजना भएको थियो । यस महाधिवेशनले उहाँद्वारा अघि सारिएको जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रुपमा अंगीकार गरेको थियो, जुन समयक्रममा नेपाली क्रान्तिको नवीवत विचार र मार्गदर्शक सिद्धान्तका रुपमा स्थापित भएको छ ।

पाँचौँ राष्ट्रिय महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गर्दै नयाँ नेतृत्व निर्माण गरेको थियो । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी महासचिव मदन भण्डारीको निधन भएपछि केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई महासचिव चयन गरेको थियो ।

नेकपा (एमाले) पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी (मनोनयनसहित) २०४९, माघ १४–२०, प्रज्ञाभवन, काठमाडौं

क्र.स. नाम पद
क. मनमोहन अधिकारी अध्यक्ष
क. मदनकुमार भण्डारी महासचिव
क. माधवकुमार नेपाल स्थायी कमिटी सदस्य
क. जीवराज आश्रित स्थायी कमिटी सदस्य
क. खड्गप्रसाद ओली स्थायी कमिटी सदस्य
क. चन्द्रप्रकाश मैनाली स्थायी कमिटी सदस्य
क. अमृत बोहरा स्थायी कमिटी सदस्य
क. भरतमोहन अधिकारी स्थायी कमिटी सदस्य
क. मोहनचन्द्र अधिकारी स्थायी कमिटी सदस्य
१० क. बामदेव गौतम स्थायी कमिटी सदस्य
११ क. राधाकृष्ण मैनाली स्थायी कमिटी सदस्य
१२ क. साहाना प्रधान स्थायी कमिटी सदस्य
१३ क. अशोक राई केन्द्रीय कमिटी सदस्य
१४ क. अष्टलक्ष्मी शाक्य केन्द्रीय कमिटी सदस्य
१५ क. ईश्वरपोखरेल केन्द्रीय कमिटी सदस्य
१६ क. काशीनाथ अधिकारी केन्द्रीय कमिटी सदस्य
१७ क. किरण गुरुङ केन्द्रीय कमिटी सदस्य
१८ क. केशव बडाल केन्द्रीय कमिटी सदस्य
१९ क. केशवलाल श्रेष्ठ केन्द्रीय कमिटी सदस्य
२० क. गुरु बराल केन्द्रीय कमिटी सदस्य
२१ क. गोपाल शाक्य केन्द्रीय कमिटी सदस्य
२२ क. गोविन्द कोइराला केन्द्रीय कमिटी सदस्य
२३ क. जितेन्द्र देव केन्द्रीय कमिटी सदस्य
२४ क. झलनाथ खनाल केन्द्रीय कमिटी सदस्य
२५ क. प्रदिप नेपाल केन्द्रीय कमिटी सदस्य
२६ क. प्रेमसिंह धामी केन्द्रीय कमिटी सदस्य
२७ क. मुकुन्द न्यौपाने केन्द्रीय कमिटी सदस्य
२८ क. मोदनाथ प्रश्रित केन्द्रीय कमिटी सदस्य
२९ क. युवराज ज्ञवाली केन्द्रीय कमिटी सदस्य
३० क. राजेन्द्र श्रेष्ठ केन्द्रीय कमिटी सदस्य
३१ क. वाचस्पती देवकोटा केन्द्रीय कमिटी सदस्य
३२ क. विष्णु पौडेल केन्द्रीय कमिटी सदस्य
३३ क. सलिम अन्सारी केन्द्रीय कमिटी सदस्य
३४ क. सितानन्दन राय केन्द्रीय कमिटी सदस्य
३५ क. सिद्धिलाल सिंह केन्द्रीय कमिटी सदस्य
३६ क. सुरेन्द्र पाण्डे केन्द्रीय कमिटी सदस्य
३७ क. त्रिलोचन ढकाल केन्द्रीय कमिटी सदस्य
३८ क. देवराज घिमिरे बै.केन्द्रीय कमिटी सदस्य
३९ क. प्रेमबहादुर सिंह बै.केन्द्रीय कमिटी सदस्य
४० क. भिमबहादुर कडायत बै.केन्द्रीय कमिटी सदस्य
४१ क. शान्ता मानवी बै.केन्द्रीय कमिटी सदस्य
४२ क. सानु श्रेष्ठ बै.केन्द्रीय कमिटी सदस्य
४३ क. हिरण्यलाल श्रेष्ठ बै.केन्द्रीय कमिटी सदस्य
४४ क. हेमराज राई बै.केन्द्रीय कमिटी सदस्य
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।