मध्यावधि निर्वाचन २०५१

सेयर गर्नुहोस्

२०४८ को आम निर्वाचनमा एकमना बहुमतका साथ सरकार सञ्चालन गर्ने अवसर पाएको नेपाली काङ्ग्रेस आन्तरिक द्वन्द्व भई ३६ से र ७४ रे समूहबा बाँडिएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले प्रतिनिधिसभामा पेश गरेको सरकारको नीति तथा कार्यक्रम पारित हुन सकेन र उहाँले राजीनामासहित प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरे अनुसार २०५१ कात्तिक २७ गते मुलुकमा मध्यावधि निर्वाचन हुँदा नेकपा (एमाले) सबभन्दा ठूलो दल बन्यो ।

अघिल्लो संसद्मा रचनातमक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको नेकपा (एमाले) “आगामी सरकार एमालेको, देशभक्त र प्रजातन्त्रदादीको ” भन्ने मूलनाराका साथ चुनावमा होमियो र यस निर्वाचनले नेपालको इतिहासमा पहिलोपटक जननिर्वाचित कम्युुनिस्ट सरकार बनाउने अवसर प्रदान ग¥यो ।

निर्वाचन आयोगमा ७१ राजनीतिक दल दर्ता भए पनि २४ वटाले निर्वाचनमा भाग लिएका थिए, जसमा २४ दल र स्वतन्त्र गरी १,४४२ जना उम्मेदवार थिए । यस मध्यावधि निर्वाचनमा ७६,२५,३४८ मतदाता भएकोमा ७३,८४,२७७ मत सदर भएका थिए । त्यसमध्ये नेकपा (एमाले)ले ३०.८५ मत प्राप्त गरेको थियो ।

मध्यावधि निर्वाचनको अवस्था

क्र.स. पार्टीको नाम उम्मेदवार संख्या विजयी संख्या प्राप्त मत प्राप्त मत प्रतिशत
१ नेकपा (एमाले) १९६ ८८ २३,५२,६०१ ३०.८५
२ नेपाली काङ्गे्रस २०५ ८३ २५,४५,२८७ ३३.३८
३ राष्ट्रिय प्रजातन्त्र पार्टी २०२ २० १३,६७,१४८ १७.९३
४ नेपाल मजदुर किसान पार्टी २७ ४ ७५,०७२ ०.९८
५ नेपाल सदभावना पार्टी ८६ ३ २,६५,८४७ ३.४९
६ संयुुक्त जनमोर्चा नेपाल ४९ ० १,००,२८५ १.३२
७ जनदल (सप्र) १ ० ४०४ ०.१
८ जनवादी मोर्चा नेपाल ३ ० ३,६८१ ०५
९ नेकपा (संयुक्त) ३४ ० २९,२७३ ०.३८
१० नेपाल जनवादी मोर्चा ४१ ० ३२,७३२ ०.४३
११ नेपाल जनहित पार्टी २ ० १५६ ०.००
१२ नेपाल प्रजापरीषद् ७ ० १,८३९ ०.०२
१३ राष्ट्रिय जनता पार्टी ७ ० १,५२१ ०.०२
१४ लिवरल डेमोक्रेटीक पार्टी १ ० १८ ०.००
१५ संयुक्त प्रजातन्त्र पार्टी १ ० २१८ ०.००
१६ नेका (विशेश्वर) १० ० १२,५७१ ०.१६
१७ युनाइटेड पिपुल्स पार्टी ९ ० १,३४६ ०.०२
१८ नेपाली काङ्ग्रस (वीपी) २ ० ८४० ०.०१
१९ राष्ट्रिय जनता परिषद् २८ ० ८,९३१ ०.१२
२० राष्ट्रिय जनमुक्ति पार्टी ८२ ० ७९,९९६ १.०५
२१ रेडिकल नेपाली काङ्गे्रस १ ० ५३ ०.००
२२ नेकपा माक्र्सवादी ४९ ० २९,५७१ ०.३९
२३ नेपाली काङ्गे्रस(सुवर्ण) ४ ० ४८४ ०.०१
२४ प्रजातान्त्रिक लोकदल १० ० ३,०८२ ०.०४
२५ स्वतन्त्र ३८५ ७ ४,७१,३२४ ६.१८
  जम्मा १,४४२ २०५ ७३,८४,२७७ ९६.८४

यस परिणम अनुसार बाम पार्टीहरुले कुल स्थान मध्ये ९२ अर्थात् ४४.८८ प्रतिशत स्थान प्राप्त गरेका थिए । संसद्मा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न नसकेपछि संविधानको धारा ४२ (१) अनुसार दुुई वा दुईभन्दा बढी दलले पनि सरकार बनाउन सकेनन् । फलतः प्रतिनिधिसभामा सबभन्दा ठूलो दलको हैसियतले नेकपा (एमाले) ले संविधानको धारा ४२ (२) बमोजिम २०५१ मंसिर १३ गते अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन गरेको थियो ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

हामीसँग जोडिनुहोस्