स्थानीय तह निर्वाचन २०७४

सेयर गर्नुहोस्

२०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरण गरी पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ वटा नगरपालिका र ६ हजार ६ सय ८४ वटा गाउँपालिकामा निर्वाचन भएको थियो । “समृद्धि, समानता र सवल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार” भन्ने मूल नाराका साथ नेकपा (एमाले) स्थनीय तहको चुनावमा होमिएको थियो ।

२९४ पालिकामा मेयर / अध्यक्ष, ३३१ पालिकामा उपमेयर / उपाध्यक्ष, २,५६० वडा अध्यक्ष र १०,९१२ जना वडा सदस्यहरू निर्वाचित भएर पहिलो शक्तिका रूपमा नेकपा (एमाले) उपस्थित भयो । नेपाली कांग्रेस जम्मा २६६ पालिकामा मेयर / अध्यक्ष, २२३ पालिकामा उपमेयर / उपाध्यक्ष, २,२८६ वडा अध्यक्ष र ८,६७९ जना वडा सदस्यहरू निर्वाचित गरेर दोस्रो दल बनेको थियो भने नेकपा (माओवादी केन्द्र)ले १०६ पालिकामा मेयर / अध्यक्ष, १११ पालिकामा उपप्रमुख / उपमेयर, १,१०२ वडा अध्यक्ष र ४,१२३ जना वडा सदस्यहरू जितेको थियो । यस निर्वाचनमा भाग लिएकामध्ये १८ वटा दलले केही न केही सिट जितेका थिए ।

दलहरू, निर्वाचन परिणाम र तुुलना

क्र.स. पार्टीको नाम मेयर/अध्यक्ष उपमेयर/उपाध्यक्ष वडा अध्यक्ष वडा सदस्य
१ नेकपा (एमाले) २९४ ३३१ २५६० १०९१२
२ नेपाली कांग्रेस २६६ २२३ २२८६ ८६७९
३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १०६ १११ ११०२ ४१२३
४ संघीय समाजवादी फोरम, नेपाल ३४ ३२ २६२ ११११
५ राष्ट्रिय जनता पार्टी नेपाल २५ ३० १९५ ८६२
६ नेपाल लोकतान्त्रिक फोरम ९ ८ ८८ ३५६
७ स्वतन्त्र ६ ५ ९१ १३१
८ राष्ट्रिय प्रजातन्त्र पार्टी ५ ७ ५९ २१४
९ राष्ट्रिय जनमोर्चा ३ ४ ३३ १४६
१० नयाँ शक्ति पार्टी नेपाल २ १ २२ ९१
११ नेपाली जनता दल २ ० ७ ३०
१२ नेपाल मजदुर किसान पार्टी १ १ २२ ७५
१३ बहुजन शक्ति पार्टी ० ० ८ ३४
१४ राष्ट्रिय जनमुक्ति पार्टी ० ० ३ १७
१५ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ० ० २ ५
१६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ० ० १ ६
१७ नेपाल कम्युनिष्ट पार्टी (माले) ० ० १ ३
१८ नेपाल परिवार दल ० ० ० १
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

हामीसँग जोडिनुहोस्