३३

कोष व्यवस्थापन विभाग

Department of Treasury Management

विभागको काम

१. पार्टीको आर्थिक व्यवस्थापनसम्बन्धी कार्य गर्ने। पार्टीको कोषलाई मितव्ययी ढङ्गले परिचालन गर्ने।

२. पार्टीको आर्थिक अवस्था सुदृढ गर्न कार्ययोजना र बार्षिक बजेट तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने। र, कमिटीको            बैठक, प्रतिनिधि परिषद बैठक र महाधिवेशनमा आर्थिक प्रतिवेदन पेश गर्ने।

३. कमिटीको आय–व्यय नियमित रूपमा बैङ्किङ प्रणालीमार्फत गर्ने र गर्न लगाउने।

४. दोहोरो लेखाप्रणालीअन्तर्गत लेखा राख्ने र आन्तरिक लेखापरीक्षण गराउने। लेखापरीक्षणबाट देखिएका बेरुजुहरू फछ्र्यौट गर्न लगाउने।

५. केन्द्रीय कमिटीसमक्ष आर्थिक विनियम प्रस्तुत गर्ने र पारित भएपछि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।

 ६. विभाग प्रमुखले दैनिक आर्थिक कार्य सम्पादन गर्ने। उक्त कार्य प्रमुखको अनुपस्थितिमा विभागले तोकेको व्यक्तिले           गर्ने।

७. कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

No committee members found.

हामीसँग जोडिनुहोस्