लेखराज भट्ट

लेखराज भट्ट

lekhraj.bhatta@cpnuml.org

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:उपमहासचिव
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
वि स २०२८ सालमा प्रेम कैदी मार्फत विद्यार्थी राजनितीमा प्रवेश । २०३३ सालमा रातो झन्डाको पार्टी सदस्यता प्राप्त । २०३६ सालमा चौमको जिल्ला सचिवालय सदस्य , २०३७ सालमा अखिल नेपाल युवक सगंठनको केन्द्रीय सदस्य, २०३८ साल देखि २०४४ सालसम्म अनेरास्ववीयु(छैठौं)को केन्द्रीय सदस्य । २०४२ सालमा मशालको पश्चिम ब्युरो सदस्य , २०४८ सालमा नेकपा(एकताकेन्द्र)को पश्चिम ब्युरो सदस्य, २०४८ मा सयुंक्त जनमोर्चाको केन्द्रीय सदस्य, २०५२ सालमा नेकपा(माओवादी) पश्चिमान्चल ब्युरो सदस्य तथा पश्चिमान्चल हेडक्वार्टरमा कार्यरत । २०५७ सालमा केन्द्रीय सदस्य हुँदै २०६० सालमा सेती महाकाली ब्युरो इन्चार्ज र पोलिटब्युरो सदस्य साथै सेती महाकाली राष्टृय मुक्ती मोर्चाको अध्यक्ष तथा जनसरकार प्रमुख । २०६३ सालमा अन्तरिम सांसद्, २०६४ सालमा सम्बिधानसभा सदस्य निर्वाचित्, २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित । सो क्रममा २०६६ साल्, २०६८ साल र २०७६ सालमा मन्त्रीको जिम्मेवारीमा रहेर काम गरेको । वि स २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी सदस्य हुँदै एकताको निरन्तरताको रूपमा नेकपा(एमाले)को केन्द्रीय कमिटी सचिव र वि स २०८२ सालमा भएको पार्टीको राष्टृय महाधिवेशनमा केन्द्रीय कमिटी उपमहासचिवमा निर्वाचित ।
पार्टी कार्य
पार्टीमा आवद्ध भए देखि नैं बिभिन्न जिम्मेवारी निर्वाह गरेको । सुदूरपश्चिम प्रदेश ईन्चार्ज, कर्णाली प्रदेश ईन्चार्ज हुँदै हाल पार्टीको प्रवाश सगंठन प्रमुखको रूपमा । पार्टीद्वारा सचांलन गरीएका मिसन ग्रासरूट , पार्टी सुदृढीकरण , झुलाघाट देखि चिवाभन्ज्याङ सम्मको समृद्धी यात्रा लगायत जनस्तरमा गरीएका कार्यक्रममा नेतृत्वदायी भूमिकामा सहभागी ।
जनसंगठन कार्य
२०३७ सालमा अखिल नेपाल युवक सगंठनको केन्द्रीय सदस्य, २०३८ साल देखि २०४४ सालसम्म अनेरास्ववीयु(छैठौं)को केन्द्रीय सदस्य ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:वि स २०३८ सालमा ६ महिना ब्भद्रगोल जेलमा, वि स २०४२ सालको बम कान्डमा भुमिगत । नेकपा(माओवादी)को सदस्यका रूपमा वि स २०५२ साल देखि १० वर्ष जनयुद्धमा भुमिगत ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
२०६३ सालमा अन्तरिम सांसद्, २०६४ सालमा सम्बिधानसभा सदस्य निर्वाचित्, २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित । सो क्रममा २०६६ साल्, २०६८ साल र २०७६ सालमा मन्त्रीको जिम्मेवारीमा रहेर काम गरेको ।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:कतार
  • देश:अष्ट्रीया
  • देश:यूनाइटेड अरब ईमिरेटस्
  • देश:बंगलादेश
  • देश:जर्मनी
  • देश:पाकिस्तान
  • देश:स्वीइजरल्यान्ड
  • देश:साउदी अरेवीया
  • देश:चीन

हामीसँग जोडिनुहोस्