पासाङ शेर्पा

पासाङ शेर्पा

pasangncp@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:केन्द्रीय अध्यक्ष
committee name:लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल

राजनीतिक यात्रा

विगतका आबद्धता
२०६८ सालमा नेकपा एमाले परित्याग गरि आदिवासी जनजाती आन्दोलनमा सरिक भएको । त्यसपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्यको हैसियतमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच भएको पार्टी एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएको । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा बिभाजन भइ नेकपा माओवादी केन्द्र र नेकपा एमाले बन्ने क्रममा नेकपा एमालेको पक्षमा रही तात्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य भइ काम गरेको ।
राजनीतिक पृष्ठभूमि
२०३६ साल देखि नै अनेरास्ववियूको स प्राक कोषाध्यक्षको जिम्मेवारीबाट कम्युनिष्ट राजनितिक बिचारमा आवद्ध भइ आएको । २०५८ साल देखि नेपाल आदिवासी जनजाती महासंघको संघीय परिषद सदस्य, अर्थ सचिव र केन्द्रीय अध्यक्ष समेत भइ आदिवासी जनजाती आन्दोलनको नेतृत्व समेत गरेको
पार्टी कार्य
२०४७ साल देखि २०५४ सम्म नेकपा माले/नेकपा एमालेको गाउँ संगठन कमिटिको सदस्यमा रही काम गरेको २०५९ साल नेकपा एमाले केन्द्रीय जातीय मामिला बिभागको सदस्यमा रही काम गरेको २०........साल नेकपा एमाले केन्द्रीय बिदेश बिभागको सदस्य पद्मा रही काम गरेको २०........ नेकपाको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा रही काम गरेको २०....... नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा रही काम गरेको २०.........नेकपा एमालेको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा रही ज़िम्मेवारी बहन गरेको
जनसंगठन कार्य
२०३६ साल देखि २०४१ सम्म अनेरास्ववियूको निम्न माध्यमिक बिध्यालय तहको बिभिन्न तहमा रहदै काम गरेको । २०५७ साल देखि २०६३ सम्म नेकपा एमाले ताप्लेजुङ काठमाण्डौ सम्पर्क मन्चको सदस्य, कोषाध्यक्ष र सचिव लगायतका जिम्मेवारीमा रही काम गरेको । २०६२ सालमा नेकपा एमाले सम्बन्ध जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा रही काम गरेको

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०६२/२०६३को जनआन्दोलनमा पटक पटक गरेर केही दिन जेल बसेको मात्र याद छ ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
२०७८ सालमा अन्तराष्ट्रीय बौद्ध सम्मेलन मुल समारोह समितिको कार्यकारी निर्देशक रही काम गरेको
सामुदायिक संस्था
२०६४ सालमा संबिधानसभा सदस्य पदमा मन्त्रि परिषदबाट मनोनित

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:जापान
    प्रयोजन:आदिवासी जनजातिको अन्तराष्टीय सेमिनर
  • देश:मेक्सिको
    प्रयोजन:आदिवासी जनजातिको अन्तराष्टीय सेमिनर
  • देश:दक्षिण कोरिया
    प्रयोजन:नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अन्तरकृया कार्यक्रम
  • देश:अस्ट्रेलिया
    प्रयोजन:नेपाल आदिवासी जनजाती महासंघ अष्ट्रेलिया शाखाको अन्तरकृया कार्यक्रम
  • देश:यूनाईटेड स्टेटस ओफ अमेरिका
    प्रयोजन:संयुक्त राष्ट्र संघ आदिवासी अधिकार सम्बन्धी स्थायी मन्चको सभा
  • देश:सिंगापुर
    प्रयोजन:भ्रमण
  • देश:भारत
    प्रयोजन:भ्रमण तथा परिवारिक भेटघाट
  • देश:चीन
    प्रयोजन:भ्रमण ब्यापार र पारिवारिक भेटघाट

हामीसँग जोडिनुहोस्