पठान सिंह बोहरा

पठान सिंह बोहरा

psbohara2016@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रिय कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
छैन ।
राजनीतिक पृष्ठभूमि
२०३६ /०३७ सालकाे जनमत संग्रह , विद्यार्थी आन्दाेलनबाट प्रभावित । बहुदलकाे पक्षमा नारा जुलुसमा सहभागी ।२०३८ /०३९ मा अखिल छैठाैका प्रकाशन बाट प्रभावित । २०४० मा आईपुग्दा अखिल पाँचाैकाे सम्पर्कमा । ०४० सालमा सम्पन्न अखिल पाँचाैकाे साताै राष्ट्रिय सम्मेलनमा डडेल्धुराबाट पहिलाे प्रतिनिधि । बिद्यालय देखि क्याम्पस कमिटीमा अध्यक्ष / उपाध्यक्ष भएर काम गरेकाे । २०४९ साल र २०५४ सालकाे स्थानिय निर्वाचनमा गाबिस अध्यक्ष पदकाे प्रत्यासि । २०४६/०४७ काे जन आन्दाेलनमा काठमाण्डाैमा सक्रिय सहभागी भएकाे ।२०५३ सालमा जिल्ला कमिटी सदस्य पदमा मनाेनयन । २०५४/ ०५५ मा उप सचिव हुँदै सचिवकाे जिम्मेवारी बहन गरेकाे ( पार्टी बिभाजनकाे समय ) ०५५ देखि ०५९ सम्म जिकस र ०५९ देखि ०६६ सम्म दुई कार्यकाल जिल्ला अधिबेशनबाट सचिवकाे जिम्मेवारी पूरा गरेकाे । ०६७ सालमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा निर्वाचित । ०६६३ / ०६४ देखि ०६७ सम्म जिल्ला बिकास समितिकाे सर्वदलिय संयन्त्रमा रहि काम गरेकाे । ०५९ सलमा सम्पन्न साताै राष्ट्रिय महाधिबेशनमा प्रतिनिधि मनाेनित । नवाै र दशाै महाधिबेशनमा पनि प्रतिनिधि भएर सहभागी । दशाै र एघाराै महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई काम गरिरहेकाे । यस बीचमा पार्टी द्वारा विभिन्न समयमा संचालन गरिएका अभियानहरुमा सक्रिय सहभागी भएकाे । २०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा डडेल्धुरा प्र. नि. क्षेत्र १ बाट निर्वाचित भई सुदूरपश्चिम प्रदेश सरकारमा भाैतिक पूर्वाधार बिकास मन्त्रालयकाे जिम्मेवारी लिई ३ वर्ष सफलताका साथ जिम्मेवारी पूरा गरेकाे । ( ०७७ पुसमा पार्टी र नेतृत्वकाे पक्षमा दृढताका साथ उभिदा सरकारबाट पदमुक्त गरिएकाे थियाे । आज प्रयन्त पार्टी र जनताकाे पक्षमा दृढताका साथ उभिदै आएकाे छु र रहिरहनेछु ।
पार्टी कार्य
पार्टी द्वारा संचालित कार्यक्रमहरु र जिल्ला कमिटीले तय गरेका / प्रदेश कमिटीले तय गरेका सबै कार्यक्रमहरुमा सक्रिय हभागी हुँदै आएकाे छु ।
जनसंगठन कार्य
जनसंगठनका बैठकहरु गर्ने , गराउनुका साथै अधिबेशन / सम्मेलनहरु गर्न लगाउने , स्थानीय कमटी गठन र अधिबेशन आयाेजना गर्न लगाउने आदि कामहरु गरिदै आएकाे छ ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०३९ / २०४० साल देखि अखिल पाँचाै मा काम गर्दा देखि नै भूमिगत रुपमा संगठनकाे काम गरेकाे । त्यति बेला " आकाश " का नामले साथीहरुका बीचमा बाेलाउने र चिनाउने काम गरिएकाे थियाे । २०६२ २०६३ काे जन आन्दाेलनमा डडेल्धुरामा पक्राउ परि १४ दिन जेल बसेकाे ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
सुदूरपश्चिम बिकास परिषद सदस्य पदमा मनाेनित ।
सामुदायिक संस्था
सार्वजनिक जिम्मेवारी माथि नै ब्यक्त गरिसकेकाे छु । त्यस बाहेक सुदूरपश्चिम बिकास परिषद सदस्य रहेकाे । सार्वजनिक संघ संस्थमा रहेर काम गरिएकाे छ

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:भारत
    प्रयोजन:सामाजिक संस्थाका माध्यमबाट सामुदायिक बिकास सम्बन्धि अनुभव लिन र अवलाेकन गर्ने उद्देस्य रहेकाेथियाे ।

हामीसँग जोडिनुहोस्