रघुजी पन्त

रघुजी पन्त

raghujipant42@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:उपाध्यक्ष
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
छैन
राजनीतिक पृष्ठभूमि
२०३१/३२ सालदेखि भूमिगत राजनीतिक गतिविधिमा संलग्न। २०३४ सालमा तत्कालीन कोअर्डिनेसन केन्द्रको सदस्यता प्राप्त गरी तत्कालीन नेकपा (माले) को संस्थापक पार्टी सदस्य
पार्टी कार्य
तत्कालीन नेकपा (माले) को जिल्ला कमिटी सरहको भूमिगत सांस्कृतिक कमिटीको प्रमुख । काठमाडौंमा पार्टी निर्माण तथा विस्तारमा नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह । चौथो र पाँचौँ महाधिवेशनमा सक्रिय सहभागिता । छैटौँ महाधिवेशनदेखि यता निरन्तर केन्द्रीय कमिटी सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य हुँदै हाल केन्द्रीय कमिटी उपाध्यक्षको जिम्मेवारीमा । एक दशक भन्दा बढी पार्टी केन्द्रीय सचिवालयको सदस्य, छैटौँ, सातौँ र आठौँ र नवाैँ महाधिवेशनपछि पार्टी केन्द्रीय समितिका दस्तावेज लेखनमा सक्रिय भुमिका, केन्द्रीय प्रचार विभाग, केन्द्रीय संस्कृति विभाग, जलस्रोत तथा ऊर्जा विभाग, केन्द्रीय कानुन विभाग आदिको प्रमुख रहेको।पार्टीसँग सम्बन्धित साप्ताहिकहरू दृष्टि, छलफल, प्रकाश आदिको वर्षौंसम्म सम्पादन गरेको।
जनसंगठन कार्य
नेपाल पत्रकार महासङ्घको महासचिव, प्रगतिशील लेखक–कलाकार सङ्घको केन्द्रीय संयोजक, राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संस्थापक केन्द्रीय महासचिव तथा बौद्धिक परिषद्को संस्थापक केन्द्रीय सदस्य र लगायत विभिन्न संघ–संस्थाको निर्माणमा नेतृत्वदायी भूमिका

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level
विशेष रुचि/दक्षता
पत्रकारिता, लेखन, सम्पादन, साहित्यिक, सैद्धान्तिक, वैचारिक तथा समसामयिक विषयहरूमा निरन्तर लेखन तथा सम्पादन गर्दै आएको। पार्टीको मुखपत्र नवयुग, पार्टीका सांस्कृतिक मुखपत्रहरू तथा पार्टीका विभिन्न राजनीतिक दस्तावेजहरूको सम्पादन

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:राजनीतिक गतिविधिका क्रममा पटक–पटक गिरफ्तार । राजकाज मुद्दा र शान्ति–सुरक्षा कानुन अन्तर्गत समेत गिरफ्तार । काठमाडौंमा पटक–पटक गिरफ्तार भई बन्दी | रसुवा कारागारमा नौ महिना बन्दी । २०३४ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
....
सामुदायिक संस्था
२०५१ साल र २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित। पुनर्स्थापित प्रतिनिधिसभाका सदस्य । प्रधानमन्त्री मनमोहन अधिकारीका प्रेस सल्लाहकार तथा प्रधानमन्त्री माधवकुमार नेपालका प्रमुख सल्लाहकार। साथै श्रम तथा यातायात मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा समेत नियुक्त

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:बंगलादेश
    प्रयोजन:पत्रकारको रूपमा।
  • देश:भारत
    प्रयोजन:पार्टीको प्रतिनिधिमण्डलको सदस्यका रूपमा दुई पटक तथा प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको सदस्यका रूपमा एक पटक
  • देश:चीन
    प्रयोजन:पत्रकारको रूपमा दुई पटक, पार्टीको प्रतिनिधिमण्डलको सदस्यका रूपमा एक पटकप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा शिक्षा मन्त्रीको हैसियतमा टोली सदस्य भई एक पटक,
  • देश:स्वीइजरल्यान्ड
    प्रयोजन:सांसदको रूपमा।
  • देश:जापान
    प्रयोजन:सांसदको रूपमा।
  • देश:थाइल्याण्ड
    प्रयोजन:सांसदको रूपमा।
  • देश:फिलिपिन्स
    प्रयोजन:मन्त्रीको रूपमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै।
  • देश:दक्षिण कोरिया
    प्रयोजन:मन्त्रीको रूपमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै।
  • देश:यूनाईटेड स्टेटस ओफ अमेरिका
    प्रयोजन:प्रधानमन्त्रीको भ्रमण दलको सदस्य तथा प्रमुख सल्लाहकारको रूपमा
  • देश:डेनमार्क
    प्रयोजन:प्रधानमन्त्रीको भ्रमण दलको सदस्य तथा प्रमुख सल्लाहकारको रूपमा
  • देश:इजिप्ट
    प्रयोजन:प्रधानमन्त्रीको भ्रमण दलको सदस्य तथा प्रमुख सल्लाहकारको रूपमा

हामीसँग जोडिनुहोस्