तुलसी प्रसाद न्यौपाने

तुलसी प्रसाद न्यौपाने

tulasineupane16@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:Central Member
committee name:CPN UML

राजनीतिक यात्रा

विगतका आबद्धता
अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन केन्द्र(मा-ले) _ नेकपा(माले) _नेकपा एमाले
राजनीतिक पृष्ठभूमि
२०२८ सालमा शिद्धकाली मन्दिर परिसरमा वाशु शाक्य नेतृत्वमा राजा महेन्द्र विरोधी नाराजुलुसमा सहभागि। २०२९ मा मादी मावि मादीमा र चैनपुरमा राल्फाली समुहको जनगिती अभियानमा साथ सहयोग गरेक ।२०३५ सालमा तत्कालिन को.के. सम्वद्ध लाल लक्षक दल(Rgo)मा संगठित। २०३५ सालमा नेकपा माले गठनको पर्चा भुमिगत रुपले छरेको। २०३५ सालमा जननेता मदन भण्डारी संग भेटघाट भ ई वहाकै सम्पर्क/ निर्देशनमा पार्टी काम गरेको।२०३५/०३६ को जन आन्दोलनमा अनेरास्ववियु एकताको पाचौका गतिविधीमा सकृय। २०३६ सालको जनमत संग्रह घोषणामा वहुदलको पक्षमा प्रचार-प्रसार गरेको साथै जनमत संग्रह चुनावमा बहुदलको पक्षमा वुथ एजेण्ट वसेर काम गरेको। २०३६/०३७ को शिक्षक आन्दोलनमा नेपाल राष्ट्रीय शिक्षक संगठनको गतिविधीमा सकृय। २०३७ मा तत्कालिन नेकपा मालेको पार्टी सदस्यता प्राप्त। २०३७ मा नेकपा माले संखुवासभा जिल्ला कमिटीको संस्थापक सदस्य रहि जिल्लाको पार्टी कामको नेतृतृव गरेको।
पार्टी कार्य
२०३५ सालमा Red guard organization [लाल रक्षक दल] मा संगठित। पार्टी सम्पर्क र जिम्मेवारीमा रहेर काममा कृयशील। २०३७ मा तत्कालिन नेकपा मालेको पार्टी सदस्यता प्राप्त( पार्टी सदस्यता नं. ६८०)। २०३७ सालमा नेकपा माले संखुवासभा जिल्ला कमिटीको संस्थापक सदस्य। २०४७ देखी नेकपा माले तेह्रथुम जिल्ला कमिटी सचिव(प्रमुख)/ २०४९ देखी दुई कार्यकाल नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको सचिव(प्रमुख)/ तत्पश्चात एमाले कोशी अञ्चल कमिटी सदस्य, राष्ट्रीय परिषद र राष्ट्रीय प्रतिनिधी परिषद सदस्य, नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगको सदस्य(१ कार्यकाल), नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्ष, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य( मनोनित), नेकपा एमाले केन्द्रीय कमिटी सदस्य( निर्वाचित), पार्टीको पाचौ राष्ट्रीय महाधिवेशनमा परिपुर्ण जनवाद(Full phased democracy) को कार्यक्रम प्रस्तुत गरेको। पार्टीको पाचौ,छैठौ,सातौ,आठौ,नवौ,दशौ र एघारै राष्ट्रिय महाधिवेशन प्रतिनिधी तथा प्थम दोश्रो दुवै विधान महाधिवेशन प्रतिनिधी।
जनसंगठन कार्य
Red guard organization मा संगठित भई संगठन र संघर्षका काम गरेको। अनेरास्ववियुको गतिविधीमा सकृय हुदै अनेरास्ववियु केन्द्रीय कमिटी सदस्यको एक कार्यकाल, अखिल नेपाल किसान संघ कोशी अञ्चल समिती सदस्य (एक कार्यकाल), नेपाल राष्ट्रीय शिक्षक संगठनका गतिविधीमा सकृय हुदै नेराशिसंगठनको संखुवासभा जिल्ला समिती अध्यक्ष( एक कार्यकाल)

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level
विशेष रुचि/दक्षता
शिक्षा, समाजशास्त्र,विकास र राजनीतिशास्त्र

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०३५/०३६ को जन आन्दोलनका वखत विध्याथि आन्दोलनमा थुनामा ९ दिन, नेराशि संगठनले संचालन गरेको काठमाडौ जाऔ आन्दोलनमा थुनामा २९ दिन, शिक्षक आन्दोलनमा पटक पटक धडपकड र थुनामा, अनेरास्ववियुको संगठन र संघर्षका वखत पटक पटक धडपकड/ थुनामा, राजाले गराएको स्थानीय निकाय चुनाव वहिस्कारका वखत धडपकड र थुनामा २१ दिन लगायतका पटकौ धडपकड थुनछेकमा परेको।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
सुकुम्वासी समस्या समाधान आयोग सुनसरी जिल्ला अध्यक्ष।
सामुदायिक संस्था
सुकुम्वासी समस्या समाधान आयोग सुनसरी अध्यक्ष, शिद्धककाली गाउ विकास समिती अध्यक्ष, जिल्ला विकास समिती संखुवासभाको सभापती, जिल्ला विकास समिती महासंघ केन्द्रीय सदस्य, कोशी प्रदेशसभा सदस्य-, आर्थिक मामिला तथा योजना मन्त्री-कोशी प्रदेश, अध्यक्ष: संखुवासभा वहुमुखि क्याम्पस चैनपुर, विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको विश्वविद्यालय परिषद सदस्य।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:बंगलादेश
    प्रयोजन:वंगलादेश, चिन, भारत

हामीसँग जोडिनुहोस्