detail-img

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत 

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ ।
प्रदेश सभामा शुक्रबार भएको मतदानमा प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रदेश १ को प्रदेश सभामा ९३ जना सभासद् छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । 
नेकपा (एमाले) संसदीय दलका नेता कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । कार्की नेकपा (एमाले) स्थायी कमिटीका सदस्य हुनुहुन्छ । 
उहाँलाई नेकपा (एमाले) का ४०, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ र जनता समाजवादी पार्टीका एक सभासदले विश्वासको मत दिनुभएको हो ।