detail-img

 मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत 

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ ।
प्रदेशसभामा शुक्रबार भएको मतदानमा नेकपा (एमाले) का २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले मुख्यमन्त्री अधिकारीको पक्षमा मतदान गर्नुभयो । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सभामा संसदीय दलका नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।