अध्यक्ष ओली र सम्पादकहरूबीच अन्तरसम्वाद
११ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मूलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरसम्वाद गर्नुहुँदै प्रधानमन्त्रीको भारत भ्रमण, आगामी निर्वाचन, संविधानको रक्षा र लोकतन्त्रको वापसीका लागि आन्दोलन लगायत समसामयिक विषयमा पार्टीका धारणाहरू स्पष्ट गर्नुभएको छ ।
विहीबार (२०८३ मङ्सिर १० गते) पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित अन्तरसम्वादमा करिव दुईघण्टा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा बरिष्ठ पत्रकारहरूका विश्लेषण र जिशासाहरू सुन्नुभई अध्यक्ष ओलीले पार्टीका धारणाहरू राख्नुभएको थियो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाँदा उहाँले सिङ्गै देशलाई आफ्नो साथमा लिएर जान नसकेको र उहाँको साथमा देश नरहेको बताउनुभयो । काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर राष्ट्रियताको विषयमा अभिव्यक्ति दिँदै आएका शाहले प्रधानमन्त्री बनेपछि भारत भ्रमणका क्रममा सीमा विवादबारे किन कुरा नउठाएको भन्दै उहाँले प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशसभा निर्वाचनलाई अगाडि सार्न नहुने धारणा राख्नुभयो । अध्यक्ष ओलीले आगामी निर्वाचन प्रतिनिधिसभा निर्वाचनजस्तो हुन नहुने भन्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारलाई संसदीय प्रक्रिया र लोकतान्त्रिक विधिअनुसार अघि बढ्नसमेत सचेत गराउनुभयो ।
प्रस्तुत छः अध्यक्ष ओलीले अन्तरसम्वादमा गर्नुभएको सम्बोधनको सम्पादित पूर्णपाठः
सम्पादकज्यूहरू
सम्पूर्ण मिडियाकर्मी साथीहरू ।
नीति भनेको के हो ? मैले यहाँ सुन्दा अलिकति कन्फ्युजन जस्तो लाग्यो । नीति भनेको विभिन्न विषयमा अगाडि बढ्नका लागि अपनाइने दृष्टिकोण, व्यवहार तय गर्ने र कार्यक्रम तय गर्ने आधार हो । पहिले हामी दर्शनलाई लिन्छौँ । त्यसपछि दर्शनको आधारमा सिद्धान्त भन्छौँ । त्यसपछि अनि विभिन्न सेक्टरका नीतिहरू बनाउँछौँ । अनि ती नीतिहरूलाई कार्यक्रमिक रूपमा व्यवहारमा लान खोज्छौँ । कार्यक्रम गर्नका लागि, त्यसलाई कार्यक्रमको रूपमा ढाल्नका लागि हामी योजनाहरू बनाउँछौँ । योजनाहरू बनाउँदा आवधिक लक्ष्य निर्धारण गर्छौँ र समयसीमा तोकेर यतिभित्र यति काम यस विषयमा गर्ने भनेर योजना बनाउँछौँ । तत्सम्बन्धमा हाम्रा राष्ट्रिय नीति के हुन्, अन्तर्राष्ट्रिय नीति के हुन्, छिमेक सम्बन्धका नीति के हुन्, अन्तर्राष्ट्रिय सम्बन्धका नीति के हुन् ? अथवा हाम्रो देशको विकासका नीति के हुन् ? हाम्रो विकासका नीतिभन्दा जनसङ्ख्याको सबभन्दा बढी उत्पादनमा सहभागिता र संलग्नताको प्रश्न आउला । त्यसका लागि जनसङ्ख्या निर्माण अथवा पूर्वाधार निर्माणको प्रश्न आउला । पूर्वाधार निर्माणमा दुई प्रकारका पूर्वाधारः एउटा मानवीय पूर्वाधार, मानवीय संसाधनको दक्षता र क्षमता वृद्धिको कुरा आउला, शिक्षा र तालिमको कुरा आउला । यी सबै कुरा आउलान् । विकासका निम्ति मानवीय पूर्वाधारको तयार र अर्को विकासका निम्ति भौतिक पूर्वाधारका कुरा आउलान् ।
नेकपा (एमाले)सँग नीति छैन भन्ने कुरा सुन्दा अलिकति अनौठो लाग्यो मलाई । हामीले राजनीतिको, सामाजिक परिवर्तनको, अन्तर्राष्ट्रिय मामिलासम्बन्धी प्रश्नहरूको सन्दर्भमा नेकपा (एमाले) अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा, पोलिसीमा कम्पिट गर्न चाहन्छ । बेटर पोलिसिज् । नेकपा (एमाले) म दाबीका साथ भन्छु, कोही साथीहरू त्यसका निम्ति बहस गर्न रुचाउनुहुन्छ भने वास्तवमा बहस गर्न सकिन्छ कुन विषयका सन्दर्भमा ।
जस्तो भन्नुस्, मैले केही वर्ष काम गरेपछि यसै स्थितिमा हुँदैन, यस स्थितिबाट नयाँ नीति, नयाँ सङ्गठन, नयाँ आन्दोलनका साथ अगाडि बढ्नुपर्छ भनेर त्यसबेला हामी पुनर्गठनका साथ अगाडि बढेका हौँ, अहिले ५७ वर्ष पूरा भइसके । त्यसबेला नेपालमा डेमोक्रेटिक मुभमेन्टहरू पनि एकदमै स्क्याटर्ड थिए र प्रोग्रेसिभ मुभमेन्ट भनेको लेफ्ट मुभमेन्ट पनि एकदमै स्क्याटर्ड थियो । पञ्चायती व्यवस्था लागु गरिएको थियो, राजाको निरङ्कुशता थियो । र अहिलेको पुस्ताले त्यो समय सुन्छ, देख्या छैन, बुझ्या छैन, भोग्या छैन । त्यो नदेखेको, नभोगेको, नजानेको समयको उसले अनुभव नगर्नु स्वाभाविक हो । तर हामीले त्यो बेला पनि देख्या छौँ, अहिलेको बेला पनि देख्या छौँ नि त ।
डिजिटल नेपाल फ्रेमवर्क हामीले सुरु गरेको हो । डिजिटल नेपाल भन्ने एउटा कोरा सपना मात्रै होइन, समयको मागलाई चिनेर । त्यसपछि अर्को समय फेरि डिजिटल नेपाल फ्रेमवर्क २.० हामीले नै डेभलप ग¥यौँ, अद्यावधिक ग¥यौँ । यति हो, कतिपय कन्ट्राडिक्सनका कुरा कहाँनेरि भए भने हामीले कुनै पनि वैदेशिक व्यावसायिक कम्पनीले यहाँ कारोबार गर्दा थितिभित्र गर्नुपर्छ । कि बलिया देशमा थिति मान्नुपर्ने, हाम्रो देश अलि कमजोर भएको हुनाले थिति मान्नु नपर्ने हुन सक्दैन । यो हामीले भन्यौँ र वर्षौँसम्म हामीले कोसिस ग¥यौँ । जब हाम्रो संविधान र कानुनलाई अपमान गरेर, देशलाई अपमान गरेर मान्दिनँ, दर्ता गर्दिनँ, रुल रेगुलेसनभित्र बस्दिनँ भनेर रिटनमा पनि दिएको र संवाद गर्दा पनि ठाडो भाषामा हाम्रो देशलाई नै गाली गरेर म गर्दिनँ के गर्छौ भनेपछि हामीले नियमन गर्छौँ भनेर नियमन गर्न खोजेको हो ।
अगाडिदेखिको एउटा प्लानिङ थियो । बङ्गलादेश यत्तिकै भएको होइन, श्रीलङ्का यत्तिकै भएको होइन । श्रीलङ्का बनाइदिन्छु, बङ्गलादेश बनाइदिन्छु भनेर पहिलेदेखिको यहाँ तयारी छँदै थियो, नदेखेको पनि होइन । अघि एउटी चेलीले सोध्नुभएको थियो– कसरी थाहा भएन ? अरूले पनि सोध्नुभएको थियो, कसरी थाहा भएन ? भनेर । अष्टमीका दिन बाँधेर एउटा बोको राख्या हुन्छ, त्यसलाई पर्सिन्छन् । खुकुरी पनि उसले देख्या हुन्छ, मार हान्न खोज्या पनि बुझ्या हुन्छ । गर्छ के त त्यसले ? गर्छ के ? थाहा पाएपछि गर्छ के ? राज्य संयन्त्रले साथ नदिएपछि प्राइम मिनिस्टरले गर्छ के ?
म के भन्छु भने– म एउटाको कुरो होइन । नेकपा (एमाले)को दुई–चार लाख सदस्यको कुरा होइन यो, नेपालको कुरा हो, तीन करोड जनताको कुरा हो, तिनका सन्ततिको कुरा हो, तिनको भविष्यको कुरा हो । एकछिनको कुरा होइन । र मैले मेरा लागि गर्नुपर्ने केही पनि होइन ।
म त मर्न तयार भएर हिँडेको मान्छे हुँ । म किन बिना आधार, झुटा आरोपका साथ १० वर्ष थुनिए, त्यसपछि कन्टिन्यु चार वर्ष अरू थप विदाउट एनी एलिगेसन थुनिए । केही पनि थिएन नि, आरोपै थिएन । थुनेको थुन्यै । मैले के गर्थेँ त ल भन्नुस् त ? झुटा आरोपमा १० वर्ष थुन्यो, त्यसपछि बिना आरोप चार वर्ष सजाय सिद्धिएपछि कन्टिन्यु थुन्यो । मैले त भन्नु थियो भने, एउटा सम्मानित सर्वोच्च अदालत थियो, त्यसमा मैले निवेदन हालेँ । तत्काल छोड्नू भन्यो, आदेश दियो । न्यायाधीश उठ्न नपाइकन इन्स्पेक्टरले हतकडी लिएर आयो । मलाई ल्याउँदा हतकडी नलगाई ल्याएको थियो । मुद्दा केही नभएको, सबै कुरा केही नभएको हुनाले तत्काल छोड्नू भन्ने आदेश भो न्यायाधीशबाट । हतकडी ल्याएर हजुर गिरफ्तार हुनुभो भनेर म कठघरामा उभिएकै बेला मेरो हातमा हतकडी लगायो । न्यायाधीश उता फर्केर जुरुक्क उठेर जानुभो । न्यायाधीश उठ्नै नपाइकन समात्यो । त्यही हो नेपालको न्यायालयको हालत । यो पञ्चायतकालको कुरा थियो ।
अहिले पनि न्यायालयको हालत, त्यतिबेला एउटा परिस्थिति होला, अहिले अर्को परिस्थिति होला, तर नतिजा एउटै हो । उस्तै–उस्तै देख्छु । अब फेरि अदालतको मानहानि ग¥यो भन्छन् । ए बाबा, मानहानि गरेको होइन, मानसम्मान बढोस् अदालतको । सबैले सम्मान गर्दा त सम्मान हुने होला । भिक्टिमले गरिदिएर अदालतको सम्मान हुने हो र ? शासकहरूले पनि सम्मान गर्नुप¥यो नि । अदालतलाई तिनीहरूले मान्दैनन् जो बलिया छन्, सङ्गठित छन्, सशस्त्र छन् । त्यसमा त सबभन्दा पहिले राज्य नै होला । राज्य लोकतान्त्रिक भएन भने राज्यका सबै अङ्गहरू एक ढङ्गले आफ्नो कर्तव्य पूरा गर्ने अवस्थामा रहिराखेका हुँदैनन् ।
अघि मैले कुरा निकाल्दै थिएँ कि नीतिगत रूपमा नेकपा (एमाले) नीतिहरूमा स्पष्ट नभएको होइन, परिस्थितिको बारेमा स्पष्ट नभएको होइन । तर नेपाल सानो देश छ तर भूराजनीति भन्ने शब्द हामी प्रयोग गर्छौं । तर, भदौ २३–२४ के हो भन्ने कुरा यथार्थमा, एउटा म साथीहरूलाई के भन्छु भने यो मेरो आरोप पनि होइन, केही पनि होइन, सबैले सबै दस्तावेज, किताब पढेको हुन्छ, भाषण सुनेको हुन्छ, अध्ययन गरेको हुन्छ भन्न सक्दिनँ । त्यसै गरेर यहाँहरूले पनि एमालेको दस्तावेज पढ्नुभएको छैन । अस्ति भर्खर केन्द्रीय कमिटीको बैठकले पारित गरेको दस्तावेज हेर्नुभयो भने त्यसमा भदौ २३–२४ के हो भन्ने कुरा हामीले आफ्नो दृष्टिकोण लेखेका छौँ र त्यो बिल्कुलै सही राखेका छौँ ।
त्यसपछि त्यसबेलाको सन्दर्भमा पनि मैले स्पष्ट कुरा राखेको छु । यद्यपि थुप्रै कर्नरहरूबाट झुट बोल्ने काम भो । केपी ओलीको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको भन्ने, केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भयो भन्ने । म त अत्यन्तै प्रतिकूलभन्दा प्रतिकूल अवस्थामा पनि डेमोक्रेसीको पक्षमा उभिन्छु, लड्छु, म त्यो कम्प्रमाइज गर्दिनँ । त्यसैका लागि मैले जिन्दगी अर्पण गरेको छु । मसँग अरू जोड्ने कुरा त केही पनि थिएन नि । म मेरो पदको लागि, नामको लागि, यशको लागि, सुकीर्तिको लागि, आमाको कोख सफल पार्नका लागि मैले काम गरेको होइन । देशका लागि, जनताका लागि काम गरेको ।
त्यसकारण देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र जेनुइन, न्यायसङ्गत र अन्तर्राष्ट्रिय उत्तरदायित्वसँग मिल्ने गरी राष्ट्रिय हितका प्रश्नमा सानो–ठुलो देश भनेर हुँदैन, सबै देशहरूको सोभरेन्टी बराबर छ भनेर मान्छु र त्यसै अनुसार नेकपा (एमाले)ले अगाडि बढ्ने काम गर्छ दृढताका साथ । मैले पनि त्यही गरेको छु लामो समयसम्म ।
यो दुनियाँमा कोही यहाँको युद्ध, उहाँको युद्ध, यस्तो–उस्तो अनेक चलिराखेका छन्, वार्ताहरू भइराखेका छन्, अनेक कुराहरू भइराखेका छन्, सबै कुरा भएका छन् । विश्वका सुपरपावरहरू ८० भन्दा माथिका मान्छेहरूले चलाइराखेका छन् । सुपरपावर भनेका देशहरू ८० भन्दा माथिका मान्छेले चलाएका छन् । यहाँ म बुढो भएको आज होइन नि । यो त बिसौँ वर्ष भइसक्यो त । केपी ओली हटाउनुपर्ने आवश्यकता भएको अस्ति फागुन २१ गतेपछि हो र भनेको ? यो आवश्यकता फिल भएको त धेरै वर्ष भइसक्यो । उहिलेदेखि यो त एउटा चलेको छ त चक्रव्यूह । प्रधानमन्त्री बन्ने सहमति विपरीत सहमति तोडाएर क्यान्डिडेट बनाएर मलाई बन्न नदिने कोसिस त उसै बेला भएको थियो १२ वर्षअगाडि । सबैलाई थाहा भएको कुरा हो त्यो । त्यतिबेर बन्न नदिएको हो ।
संविधान बन्नुपथ्र्यो । राम्रै संविधान बनेको छ । त्रुटिरहित, कमीरहित म भन्दिनँ किनभने संविधान संशोधनीय दस्तावेज हो र त्यसमा त्रुटि–कमीहरू पनि हुन सक्छन् । संशोधन गर्नुपर्छ त्यसै कारण । आवधिक हिसाबले मूल्याङ्कन गर्नुपर्छ, संशोधन गर्नुपर्छ । संविधान संशोधन व्यक्तिका स्वार्थ, अहङ्कार, जिद्दी वा क्षणिक लहडका आधारमा होइन, राष्ट्रिय आवश्यकताका आधारमा देशलाई, अर्थतन्त्रलाई, राजनीतिलाई अगाडि बढाउन, जनतालाई सेवा सजिलोसँग पु¥याउन, सुशासन ल्याउन, त्यसका लागि गर्नुपर्ने हो । हो, त्यो गर्नुपर्छ । संविधान बनाउनुपथ्र्यो त्यतिबेला, बहुतै तनाव थियो र भूराजनीतिक खेल चलिराखेको थियो । बनाउनै पथ्र्यो । बनिसकेपछि रोक्ने कोसिस भयो । रोक्ने कोसिस गरिनु हुँदैन, यो ठिक हुँदैन, रोक्नु हुँदैन, जारी गर्नुपर्छ भनेर बनाउने कुरामा पनि मैले प्रयास गरेकै हुँ र रोक्न हुँदैन भन्ने कुरामा पनि गरेको हुँ ।
नाकाबन्दी कसैलाई फेरि भ्रम होला, केपी ओली आएपछि लाग्यो । होइन, ३ गते संविधान जारी भो, ६ गतेदेखि नाकाबन्दी सुरु भो, २४ गते गएर म बल्ल नाकाबन्दीको बिचमा प्रधानमन्त्री भएको थिएँ । नाकाबन्दी दरै गरी लगाइएको थियो । औषधीमूलो लगायत सम्पूर्ण चिज ठप्पै बनाइएको थियो । त्यो अवस्थामा म नेपाली जनताको देशभक्ति र त्यसका निम्तिको त्याग गर्ने क्षमताको प्रशंसा गर्छु, सलाम भन्छु त्यसलाई । त्यसै कारण हामीले नाकाबन्दीका सामु घुँडा टेक्नुपरेन ।
कुनै शक्तिबाट होला, म मन पराइन होला । कसैले मन पराएन भने बेग्लै कुरा हो । तर नेपाल र भारतका बिचमा समस्या छन् भन्दा दुइटा प्रधानमन्त्रीले सँगै बसेर एउटा इपीजी ग्रुप बनाऔँ, चार–चार जना मान्छे राखेर बनाऔँ र सन् १९५० को सन्धि लगायत सम्पूर्ण अहिलेसम्मका सन्धि–सम्झौताहरू, सबै कुरादेखि लिएर हाम्रा व्यवहारहरू यी सबैलाई पुनरावलोकन गरौँ र समस्यारहित सम्बन्ध दुई देशका बिचमा अगाडि बढाऔँ भन्ने सहमति भएकै हो । त्यसअनुसार इपीजी ग्रुप बनाएको हो र त्यसले इपीजीको प्रतिवेदन पनि दुई वर्ष अध्ययन गरेर लिएको हो । अब हेर्दै नहेरिकन नबुझेपछि, हेरेपछि छलफल फेरि हुन्छ । विज्ञ समूहहरूलाई विभिन्न विधामा होला, कोही जलस्रोतमा होला, कोही पारवहनमा, कोही यातायातमा, कोही व्यापारमा, कोही ट्यारिफमा, कोही आवागमनमा, अनेक कुराहरूमा होला । त्यसका निम्ति छुट्टाछुट्टै ग्रुपहरू बनाएर, अध्ययन गरेर त्यो रिपोर्टले भनेका कुराहरू मान्न–नमान्न सकिँदो होला । सकिन्थ्यो होला । तर बुझ्दै नबुझ्दाखेरि, मैले रिपिटेड्ली भनेको हुँ बुझौं । कसलाई त्यसमा चित्त बुझ्दैन, त्यसमा म के गरूँ ? सहमतिका साथ, चार–चार जना मान्छे राखेर बनाएको ग्रुप हो । कहिले भारत कहिले नेपाल गरेर बैठकहरू बसेका हुन् र एउटा निष्कर्ष निकालिएको हो । त्यसमा के निष्कर्ष छ, मलाई बुझाएको छैन । अब यसमा कसैलाई रिस उठ्यो, म के गरूँ ?
अरू यस्ता थुप्रै कुराहरू होलान् । एसपीपीका कुराहरू होलान् । एसपीपी त सिग्नेचर गर्न तयार गरेर ड्राफ्ट होइन, तयार गरेर राखिएको थियो । अनुचित सर्तहरू छन्, मैले मान्दिनँ भनेको हो । हामीले मान्नुहुन्न भन्यौँ र त्यो सिग्नेचरमा अहिलेसम्म जान सकेको छैन, जानु हुँदैन । यो मैले मेरो लागि भन्या हो र ? अब मैले त्यसै कारण भनेको हुँ, देशहरू साना वा ठुला हुन सक्छन् भूगोलमा, जनसङ्ख्यामा, विकासमा अगाडि–पछाडि हुन सक्छन् तर सोभरेन्टी र तिनीहरूको सम्मान बराबर हुनुपर्छ । त्यसकारण सोभरेन इक्वालिटीका आधारमा । तर हामीले नै एउटा फर्मुला तयार गरेका छौँ । हाम्रो कसैसँग पनि शत्रुता छैन । एन्मिटी विथ नन्, फ्रेन्डसिप विथ अल, हामीले बनाएको फर्मुला । कसैसँग शत्रुता छैन, मित्रता छ र त्यो वास्तविक मित्रता हुनुपर्छ । त्यसै कारण हामीले इपीजी रिपोर्ट वा अरू चिज पनि जे जति गरेका छौँ, त्यो त्यस कारणले हो । नेपालको भूभाग सामेल गरेर भारतले नक्सा छापेपछि हामीले आपत्ति जनायौँ । नसच्चिएपछि हाम्रो भूभाग सामेल गरेर हामीले पनि नक्सा बनायौँ । यो गर्नैपर्ने काम हो ।
तसर्थ, यो अलिक अगाडिदेखि नै हस्तान्तरण, पुस्तान्तरण, केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल नयाँ नारा होइन । अरू देशमा मान्छे बुढा नहुने, नेपालमा मात्र बुढो हुन्छ कि क्या हो मान्छे ? ट्रम्प त बुढो हुनुभएको छैन त ? तपाईँहरूलाई पनि आनन्दै छ सबैलाई । ट्रम्प बुढो हुनुभएको छैन, किन भर्खर त ८०–८२ हुनुभो । मोदीजी बुढो हुनुभएको छैन । मभन्दा त्यही एक–डेढ वर्ष, झन्डै दुई वर्ष जति जेठो हुनुहोला । उहाँ त बुढो हुनुभएको छैन । अघि भन्दै हुनुहुन्थ्यो, त्यसबेला को नि को थिए गुजराल थिए । होइन, म प्रधानमन्त्री हुँदा मोदीजी प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ भएको एक वर्षपछि म भएको । म चार पल्ट भएर अपदस्थ गरिसकेँ, उहाँ हुँदै हुनुहुन्छ । म पटक–पटक अपदस्थ गरिएको छु । कहिले संसदीय प्रक्रियाबाट त्यो जायज हो, मज्जाले गर्न पाइन्छ । कहिले हुल्लडबाजीबाट, हाटहुट, लुटपाट, आगजनीबाट । यो लोकतान्त्रिक अभ्यास होइन । तसर्थ, यो लोकतान्त्रिक अभ्यास नभएको हुनाले त्यो क्रियाकलापलाई स्वीकार गर्न सकिँदैन । कालान्तरमा त्यो पचेर जाला, त्यो एक ठाउँमा छ । तर पनि के हो भने त्यतिबेला जे काम भयो त्यो ठिक थिएन । त्यो ठिक थिएन ।
एउटा स्पष्ट हुनुस्, प्रधानमन्त्री मेरो सिफारिसमा भएको होइन । मैले संविधान मिच्न हुँदैन र संविधानसम्मत ढङ्गले समाधान खोज्नुपर्छ भनेर राष्ट्रपतिलाई लेखेर दिएको छु । तपाईँ राष्ट्रपतिको हैसियतले संविधानको रक्षक र पालक भएको हुँदा संविधानभित्रबाट समाधान खोज्न सिफारिस गर्दछु, मेरो सिफारिस यत्ति हो । मलाई राष्ट्रपतिजी र प्रधानसेनापतिजीले संविधानको धारा खुलाइदिनु प¥यो भनेर भनेका थिए । मैले कुन धारा खुलाऊँ ? धारा भएको भए खुलाउँ । संविधानभित्रबाट समाधान खोज्नुस्, त्यत्ति हो । मेरो सिफारिस चाहियो भनेको हुनाले । ल चाहियो भने सिफारिस । संविधानको रक्षक र पालकको हिसाबले मर्यादाअनुसार राष्ट्रपतिले गर्नुप¥यो, मैले त्यही कुरा भनेको छु । तर पोलिटिकल पार्टीहरूबाट अन्यत्र गयो । वार्ता अरूले गर्ने, त्यतिबेलाका कुराहरूमा फेरि फर्केर डिटेलमा गएर धेरै ठुलो फाइदा केही पनि छैन ।
तसर्थ हामीले बुझ्न के जरुरी छ भने हामी देशका बारेमा सोचेर, भविष्यका बारेमा सोचेर । पहिले पनि सरकार उस्तै थियो, पत्रकारहरूमाथि, मिडियामाथि, प्रेसमाथि दमन नै गथ्र्यो भन्नुभो भने म आश्चर्यचकित हुन्छु । किनभने म वास्तवमा तीन पल्ट, स्रेस्तामा चार पल्ट प्रधानमन्त्री भएँ । म आफैँ स्वतन्त्रताका लागि लडेको मान्छे हुँ, समानताका लागि लडेको मान्छे हुँ, न्यायका लागि लडेको मान्छे हुँ । त्यसो भएर मैले एउटा सेक्टर मात्रै होइन, कुनै पनि सेक्टरमाथि अन्याय, व्यक्तिमाथि, संस्थामाथि, समूहमाथि, कसैमाथि पनि अन्याय, थिचोमिचो र दमन हुनुहुँदैन भन्ने मान्यता राख्छु । होला अब व्यक्तिका इच्छाहरू पूरा भएनन् होला, हुनसक्छ । आकाङ्क्षाहरू पूरा भएनन् होला, हुनसक्छ । तर प्रेसमाथि दमन, छापा मार्ने, के गर्ने यस्तो कुराहरू भएनन् । प्रेसको सम्बन्धमा मलाई के लाग्छ भने राजाले शासन हातमा लिएर दमन गर्दा प्रेस विरोधमा उत्रिएको थियो । यस पल्ट आगो लगाएर, लुटपाट गरेर, आतङ्क फिँजाएर शासन हातमा लिँदा प्रेस कत्तिको विरोधमा उत्रियो कि कस्तो–कस्तो भिडियो बनाउनुभएको थियो, बोल्नुभएको थियो, कस्ता समाचार दिनुभएको थियो, साथीहरूले आफैँले बुझ्दा हुन्छ । अहिले आएर अलिकति होस खुल्दै होला जस्तो लाग्छ मलाई, अझ होस खुल्ने छ ।
अब नेपाली जनतालाई सचेत पार्ने कुराको हकमा दुइटा कुरा छ, हाम्रा प्रयास एकातिर हुन्छन्, अर्कातिर अरूका कामहरूले पनि हुन्छन् । यो एकछिन्को लडाइँ होइन । मैले राजनीतिमा बाहिर पनि, पार्टीभित्र पनि देखेको छु । ठिक्क अगाडिको परिस्थिति हेरेर, अगाडिको भाग हेरेर मान्छेहरूले कुरा गर्ने गरेको सुनेको छु तर राजनीति यो देश बनाउने कुरा, हाम्रो त आयु छोटो छ, तर पनि बाँचिवर्ती रहँदाखेरि देखिन सक्छ ।
नयाँ–पुरानो भनेको कुरा विचारमा होला, क्रियाशीलतामा होला । यो के खालको मान्छेहरूलाई आग्रह नि, अनौठो लाग्छ मलाई, विचारको प्रश्न होइन । केपी ओलीले अगाडि सारेको राष्ट्रियतासम्बन्धी विचार, सुशासनसम्बन्धी विचार, मेरो त अलि धेरैवटा पुस्तकहरू पनि छन्, वक्तव्यहरू पनि सङ्ग्रहित छन्, लिखतहरू पनि सङ्ग्रहित छन् । तपाईँहरू कहाँ दिइएका इन्टरभ्युहरू पनि तपाईँहरूसँग छन्, पत्रपत्रिकामा लेखिएका लेखहरू पनि छन्, मिडियामा बोलिएका कुराहरू आदि पनि छन् भने ती कुरा लिएर यो ठाउँमा यतिबेलाको यो नीति त तपाईँको गलत हो नि भन्ने तपाईँहरूले दिए हुन्छ नि मलाई । मैले नेपालमा राष्ट्रिय एकताको पक्षमा सदैव बोलेको छु र म यो जातीय आधारमा गरिने, यसको राजनीति होस् कि उसको राजनीति होस्, जातीय आधारमा गरिने राजनीतिलाई म ठान्दिनँ । मान्छे भ्रममा परेका छन् । छन् मान्छे भ्रममा परेका, त्यो अलिक समय पर्छन् । अनि एउटा जातको आधारमा राजनीति गर्ने मान्छेले त्यहाँ भोलि क्याम्पस बनायो भने त्यो जातका आधारमा बनेको क्याम्पसमा को–को पढ्ने त ? सबै जातका विद्यार्थी पढ्दैनन् ? टिचर को–को हुने ? जान्ने खालका उत्तीर्ण भएका टिचरहरू ल्याएर नै त्यहाँ राख्नुपर्ने होला । त्यसो भएर हामी क्लियर हुनुपर्दछ, ‘जातीय राजनीति होइन, राष्ट्रिय राजनीति ।’ हामी कहाँ विविधता छ, विविधतामा एकता हुनुपर्दछ । आफ्ना संस्कृति, आफ्ना परम्पराको संरक्षण गरौँ, मानौँ । तर त्यसको आधारमा राजनीति भनेको यो मान्छेलाई मनदेखि विभाजित गर्ने कुरा हो । भूगोलका आधारमा यो भाग र त्यो भाग भनेर गरिने राजनीति, यो जात र त्यो जात, यो धर्म र त्यो धर्म भन्ने राजनीति राष्ट्रिय हुन सक्दैन । त्यो साम्प्रदायिक अथवा सङ्कीर्ण हुन्छ, राष्ट्रिय र व्यापक राजनीति हुँदैन । त्यसकारण हामीले सुशासनको, शान्तिको, विकासको, प्रगतिको राजनीति लिनुपर्छ । यसै कारण हामीले समृद्ध नेपाल भनेका छौँ, सुखी नेपाली भनेका छौँ । कोही लेख्न सक्नुहुन्छ तपाईँहरू समृद्ध नेपाल सुखी नेपाली भन्ने ? त्यत्ति लेख्न सक्नुहुन्छ? समृद्ध नेपाल सुखी नेपाली भन्ने ? मैले साँचो कुरा सोधेको । कि यो गलत छ भन्नुप¥यो, समृद्ध नेपाल भन्ने उद्देश्य एमालेले गलत लियो र सुखी नेपाली बनाउने उद्देश्य गलत लियो । होइन भने त लेख्न सक्नुपथ्र्यो । त्यो कुरा त लेख्न सकिँदैन नि जसो भए पनि । मरितरी समृद्ध नेपाल लेखिएला, तर सुखी नेपाली भन्यो भने त झोले भइन्छ नि होइन र ? झोले हुन त कोही पनि तयार हुँदैन नि । अर्थात् राम्रो कुरा बोल्यो–लेख्यो कि त झोले भइँदो रहेछ । झोले हुन तयार नहुँदा राम्रो कुरा बोल्न नसकिँदो रहेछ । यस कुराबाट मुक्त हुनुपर्छ भन्ने मलाई लाग्छ ।
थुप्रै महत्त्वपूर्ण सुझाव दिनुभएको छ साथीहरूले । कोही सुझावको सम्बन्धमा हामीले थप छलफल गर्नुपर्छ र कोही महत्त्वपूर्ण सुझावहरू छन्, त्यसमा हामी ध्यान दिन्छौँ । अझै पनि ध्यान दिनुपर्ने कुराहरू थुप्रै छन्, ध्यान दिन्छौँ ।
सैद्धान्तिक तवरले हामी भन्न सक्छौँ, मान्छेका गल्ती हुन्छन्, पार्टीका गल्ती हुन्छन्, हाम्रा नीतिहरूमा पनि गलत भएको होला । हाम्रो राष्ट्रियतासम्बन्धी नीतिहरूमा कहीँ कमीकमजोरी छन् भने, साथीहरूले देख्नुभएको छ भने त्यो कुरा बताइदिनुस् । हामीले खोक्रो राष्ट्रवादको कुरा गर्दैनौँ, न्यायसहितको, इन्टरनेसनल अब्लिगेसन समेतको राष्ट्रवादको कुरा गर्छौँ । राष्ट्रिय हितको कुरा गर्दा सङ्कीर्ण राष्ट्रिय हितको कुरा गर्दैनौँ । अरूको राष्ट्रिय हित मासेर आफ्नो भन्दैनौँ, न्यायोचित राष्ट्रिय हितको कुरा गर्छौँ, जहाँ न्याय त्यसमा समाहित हुनुपर्दछ र इन्टरनेसनल अब्लिगेसनसँग त्यो म्याच हुनुपर्दछ । हाम्रो त्यो कुरा छँदै छ । कमसेकम म आग्रह के गर्न चाहन्छु भने अस्ति केन्द्रीय कमिटीले पारित गरेको डकुमेन्ट साथीहरूले अध्ययन गर्दिनुस् र त्यसको आधारमा हामीलाई सुझाव दिनुस्, आलोचना गर्नुस् । हाम्रा नीतिहरू हामीले त्यहाँ बताएकै छौँ । अब कसरी अगाडि बढ्ने भन्ने पनि बताएका छौँ ।
अर्को कुरा, हामीले संसद् विघटन भएपछि मुद्दा दियौँ । असंवैधानिक ढङ्गले गलत सिफारिसमा, एउटा व्यक्तिको सिफारिसमा प्रधानमन्त्री नियुक्त व्यक्ति तर क्याबिनेट पनि बनाएको छैन, क्याबिनेट नबनाइकन, पदबहाली नगरिकन, क्याबिनेटको निर्णयबाट होइन । प्रधानमन्त्रीले सिफारिस गर्न क्याबिनेट निर्णय चाहिन्छ । क्याबिनेटको निर्णय होइन, क्याबिनेट बनेकै छैन । त्यस्तो अवस्थामा प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै शपथ ग्रहण गर्नु परेन, सिफारिस पहिल्यै भयो । नियुक्ति गरेर शपथ ग्रहण नगरेसम्म त्यो प्रधानमन्त्री भइसकेको हुँदैन । त्यस्तो व्यक्तिको अनधिकृत सिफारिसमा संविधानको कुनै धाराले नदिने गरी त्यसरी प्रतिनिधिसभा विघटन भयो । त्यो असंवैधानिक, अलोकतान्त्रिक, गलत तरिकाले, गलत बाटोबाट गलत काम भयो भनेर हामीले तोकेर भनेका हौँ । त्यसका निम्ति हामीले अदालतमा मुद्दा दियौँ । मुद्दा विचाराधीन छँदै छ । यहाँहरूलाई थाहा छ त, विचाराधीन छ नि मुद्दा होइन ? असंवैधानिक ढङ्गले विघटन भएको छ । केपी ओलीले गरेको संवैधानिक थियो ? थियो, थिएन, महा–असंवैधानिक थियो । त्यसो भनेर अहिले गरेको असंवैधानिक पनि संवैधानिक बनाउनुपर्छ त ? ल केपी ओलीले असंवैधानिक ग¥या थियो भने त्यसको जवाफ अहिले अदालतले दिने हो त? या फैसला नगरीकन चुप लागेर बस्न मिल्छ त ? अहिलेको मुद्दामा न्याय दिनुपर्ला नि । उतिबेलाको न्याय उतिबेला दियो । म फेरि तपाईँहरूको अगाडि भन्छु, मैले गरेको सिफारिस दुई तिहाइको सरकार थियो । दुई तिहाइको सरकारले चलाउन सजिलो भएन, म ताजा जनादेशमा जान्छु भनेपछि संविधानमा कुनै कुरा लेखिएको छैन भने पनि एक तिहाइ विकल्प त हुन सक्दैन । एक तिहाइ विकल्प हुन सक्छ र ? कि विकल्पको खोजी गर्ने अदालत मार्फत् ? विकल्पको खोजी गर्ने ठाउँ अदालत होइन होला नि । मौजुदा स्थितिमा हेर्नुपर्छ होला । दुई तिहाइको प्रधानमन्त्रीले विघटन गरेर ताजा जनादेशमा जान्छु, यो सरकार चल्न असहज भयो, चल्न सकेन, चल्न सक्ने अवस्था रहेन भनेपछि वान थर्डलाई जिम्मा लाइदिनुपथ्र्यो ? टु थर्ड त मैसँग थियो त । अनि के वान थर्डलाई मैले जिम्मा लाइदिने कि जनतामा जाने ? त्यसो भएर आवश्यकताको सिद्धान्त भन्ने हो भने वा संविधानमा कुनै कुरा मेन्सन भएको छैन तर अर्को बाटो छैन भने के गर्ने ? त्यसमा अहिले धेरै बहसमा नजाऊँ, त्यो संवैधानिक थियो । त्यसै कारण मैले गरेको, असंवैधानिक कुनै काम गर्ने मलाई जिन्दगीमा कहिल्यै सोख छैन, गर्दै गर्दिनँ । अब न्याय के हो त मैले निरूपण गर्ने कुरा भएन, अदालतले जे भन्यो त्यसलाई मान्दिनुप¥यो । अहिले पछिल्लो समयमा पनि हामीले निर्वाचन आयोगले गरेका फैसलाहरू देख्या छौँ, अदालतले गरेका सदरहरू देख्या छौँ, अरू कुराहरू देख्या छौँ, अब के–के देख्या छौँ । त्यसो भएर यी कुराहरूमा साथीहरू स्पष्ट हुनुहुन्छ भन्ने मलाई लाग्छ ।
जहाँसम्म निर्वाचनको तयारीको कुरा छ, दुई तिहाइ भनेको स्वेच्छाचारिता भनेको होइन । दुई तिहाइ भनेको स्वेच्छाचारी शासन हुनु भनेको हो र ? दुई तिहाइ भनेको संविधान मान्नु नपर्ने, कानुन मान्नु नपर्ने भनेको हो र ? दुई तिहाइ भन्ने पनि झन्डैको कुरा हो, उस बेला मेरो पनि दुई तिहाइ झन्डैको थियो । अहिलेको पनि दुई तिहाइ झन्डैको सरकार हो । झन्डै भनेको बिहान खाना खाँदा गला लागेर म झन्डै मरिनँ भन्या के, मरिनँ । त्यही होइन निष्कर्ष? झन्डै भनेको होइन, छैन । अघि आउँदा–आउँदै म झन्डै लडिनँ, अर्थात् लडिनँ । झन्डै दुई तिहाइ भनेको दुई तिहाइ होइन । त्यही होइन र अर्थ ? दुई तिहाइ होइन भने बहुमतको सरकार त हो । दुई तिहाइले जे गर्न सक्थ्यो त्यो पनि यो सरकारले सक्दैन । अलि धेरै सिट आउनेबित्तिकै एकल बहुमतको यस्तो सरकार त थिए नि । पहिले पनि बहुमतका सरकारहरू नभएका होइनन् नि, यो पनि बहुमतको सरकार हो । अब झन्डै दुई तिहाइ भन्नु र दुई तिहाइ नभएको भन्नु उही कुरा हो, दुई तिहाइ छैन । दुई तिहाइ भए पनि संविधानभन्दा माथि जथाभाबी गर्न पाइँदैन । कानुन मान्न नसकिने अवस्था बन्यो भने कानुन फेर्नुपर्छ । फेर्न सक्छ नि पार्लियामेन्टले । कानुन फेर्नुपर्छ, तर सधैँ छल्ने मात्रै होइन । संसद् छल्ने अध्यादेश ल्याउने मात्रै होइन । फेयर तरिकाले चल्नुपर्छ भन्ने हाम्रो कुरा हो । पाँच वर्षका लागि छानिएका प्रतिनिधि पाँच वर्ष काम गर्न पाउनुपर्छ । कुनै मध्यावधि भएको हो र प्रदेशको ? प्रदेशको मध्यावधि हुन लागेको हो र? जब हुन लागेको होइन भने त्यसको आफ्नो प्रोसेस होला नि त निर्वाचनको । यो डेमोक्रेसीमा चुनाव गराउँदा खर्च भयो भन्ने कुराले भोलि गएर कहाँ पु¥याउला त ? खर्च नगरौँ हौ अब यो सरकार छँदै छ किन खर्च गर्ने चुनाव बेकार? यति अर्ब, १५–१६ अर्ब खर्च हुन्छ चुनाव किन गर्ने? अनि देशै जलाइन्ज्यालसम्म, आगो लगाइन्ज्यालसम्म, लुटिन्ज्यालसम्म खर्च भएन, चुनाव गराउन खर्च हुने ? भनेपछि यो डेमोक्रेसी त झन्झटको व्यवस्था रहेछ । चुनावमा खर्च हुन्छ, त्यसकारण खर्च जोगाउनका लागि के–केमा जोगाइएको छ त खर्च ? अनि ०८४ मा हुने चुनाव अस्ति नै किन गर्नुपरेको थियो त ? खर्च हुन्थ्यो भने त्यसो भए सुशीला कार्कीकै सरकारलाई ०८४ सम्म हुन दिएको भए हुन्थ्यो नि त, चल्न दिएको भए हुन्थ्यो नि त । त्यसलाई हटाएर अहिलेको सरकार किन ? अनि कसैलाई पपेट सरकार बनाउनु परेको छ भने खर्चको हिसाब नहुने, अनि कसैलाई कब्जा गर्नु छ भने खर्चको हिसाब सजिलो पार्ने । सजिलो व्याख्या होइन, संविधानअनुसार देश चल्नुपर्छ, कानुनबमोजिम चल्नुपर्छ । जेठको सुरुमा स्थानीय तहका जनप्रतिनिधिहरूको अवधि समाप्त हुने संवैधानिक कानुनी व्यवस्था छ भन्ने कुरा थाहा पाउनुपर्छ र कसको हुकुम भन्ने कुराले हुँदैन यहाँ, हुकुमबाट चल्ने होइन । अघि एकजना साथीले भन्दै हुनुहुन्थ्यो, फलानाले भनेको कुरा है यो, फलानाले भनेको कुरा । मानिलिऊँ उहाँले भनेपछि संविधानभन्दा माथि भो, कानुनभन्दा माथि भो, जे पनि गर्न पाइँदैन । त्यसो भएर वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन हुनुपर्छ र मङ्सिरमा प्रदेशको निर्वाचन हुनुपर्छ । त्यसो हो भने नि पटक–पटक चुनाव गराउँदा खर्च हुन्छ भने प्रदेश र सङ्घको एकैचोटि हुने गरेकै छ, मङ्सिरमा गरौँ न त दुइटै । प्रदेशको पनि गरौँ, सङ्घको पनि गरौँ न त मङ्सिरमा । एकैचोटि चुनाव गर्दा त खर्च फेरि पाँच वर्षलाई भइहाल्छ । एकैचोटि गरेकै थियो पहिले पनि । अब पनि खर्च जोगाउनका लागि मङ्सिरमा प्रदेश र सङ्घको गरौँ । आफ्नो टिकाइरहनुपर्ने अवधिभरि, अरूको अवधिको ख्याल नहुने त्यस्तो हुन्छ ? स्थानीय तहका जनप्रतिनिधिहरू पाँच वर्षका लागि छानिएका, हतार–हतार उनीहरूको कार्यावधि छोट्टिने भन्ने कुरा हुँदैन । त्यसकारण यो एकैचोटि हुनुपर्छ, संविधानबमोजिम हुनुपर्छ, कानुनबमोजिम हुनुपर्छ र फ्री–फेयर हुनुपर्छ, अस्तिको जस्तो होइन, म त्यत्ति भन्छु । निर्वाचनको तयारी त्यस्तै गरी हो । आ–आफ्ना दलहरूले आ–आफ्नो तयारी गर्छन् । अहिले परिणामको बारेमा धेरै म साथीहरूलाई चिन्ता नगर्न भन्छु । भदौमा आँखा फुट्यो भने सधैँ हरियो देख्छ गाई–भैँसीले भन्छन् नि । त्यस्तै फागुन २१ मा आँखा फुट्यो भन्दैमा सधैँ फागुन २१ नै हुन्छ, मिति बदलिँदैन, तिथि बदलिँदैन, परिस्थिति बदलिँदैन भन्ने चाहिँ होइन । त्यसकारण त्यो परिस्थिति बदलिन्छ ।
प्रधानमन्त्रीको भारत भ्रमण मलाई यस पल्ट गजब के लाग्यो भने– भजन मण्डली पनि यस्तो गजब लाग्यो । यहाँ नेपाली सेनाको गार्ड अफ अनर नलिने, विदेशी सेनाको गार्ड अफ अनर चाहिँ लिने, त्यो पनि प्रशंसै भएको छ फेरि । साँच्चैको गार्ड अफ अनर नलिने, एआईको चाहिँ यस्तो देखाएको छ नि । त्यस्तो रहर रहेछ त गार्ड अफ अनर सरक्क लिएको भए हुन्थ्यो नि । गार्ड अफ अनर नलिएर एआईमा हेर्नुस् त कस्तो बनाएको छ, तयारी गर्दै गर्या, के गर्या । यति सम्मान भो, उति सम्मान भो । त्यसो भए अब सम्मान चाहिएकै रहेछ त गार्ड अफ अनर चाहिँ किन नलिएको ? त्यस्तो त्यागी मान्छेहरूले, त्यागी सत्ताधारीहरूले । अनि फेरि अरू यति सम्मान गरे, उति सम्मान गरे, राज्यमन्त्री लिन पठाए, अचम्म, त्यो चाहिँ किन गरेको ? म त्यतापट्टि धेरै जान चाहन्नँ । तर भ्रमणमा उठ्नुपर्ने राष्ट्रिय हितका प्रश्नहरू ठोस रूपमा कुनै पनि उठेन । सही होस् गलत होस् लोअर अरुण पहिले नै भइसक्या कुरा होइन र ? मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, पाइप खोल्न मात्रै रोकेर राखेको होइन अस्तिदेखि ठिक्क पारेर? त्यो त अस्ति नै तयार भएको हो त । न अहिले सुरु भएको हो, न यो सरकारको समयमा सुरु भएको हो, न तयार भएको, केही पनि होइन नि त । त्यो मात्र ग¥या छ । अनि गरेको के भन्दा काम नगरी बटन थिचेको, उही नागढुङ्गा सुरुङ जस्तै हो । नागढुङ्गा सुरुङ जस्तै बटन थिच्या न हो । अनि कुरा के उठ्यो त ? भैरहवाको त्यस्तै कुरा त पहिले पनि भएका हुन् नि । दिने तर सुरक्षा अङ्गबाट, रक्षा मन्त्रालयबाट सहमति भएपछि, अरू अध्ययन गरेपछि दुई–तीनवटा कुरा त बाँकी थिए, त्यही अहिले पनि बाँकी छ । त्यो त पहिले नै भएको हो । अब कति मेट्रलाइज हुन्छ, म चाहन्छु मेट्रलाइज होस् । जनकपुरको विकासका लागि यति दिन्छ भनेका ठाउँमा त त्यो कुरा सम्झिराख्या छु मैले । कुरैमा अड्कियो । भूकम्पका बेला यति दिन्छु भन्ने सहयोगका लागि आयोजित इन्टरनेसनल कन्फरेन्समा गरिएको घोषणा सम्झिराख्या छु, रकम त आएन । यस पल्ट पनि रकम आउने कुरा सुन्नमा आयो । यस पल्ट त्यसले व्यवहारमा ट्रान्सलेट होस्, अनूदित होस्, म त्यो चाहन्छु । तर न इपीजी रिपोर्टको चर्चा चल्यो, न कुनै अरू, न बोर्डर इस्युका कुरा चल्यो । कुरा कस्तो हुन्छ भने कुरामा कम्पिटिसन गर्न त सजिलो छ नि । नेपालको भूमि सामेल गरेर नक्सा बनाउँदा त्योभन्दा ठुलो राष्ट्रवादी देखिनका लागि ग्रेटर नेपालको काल्पनिक नक्सा टाँसेको होइन र नगरपालिकामा ? एउटा नगरपालिकाले नक्सा टाँसेर ग्रेटर नेपाल बन्थ्या े? यस पल्ट प्रत्यक्ष कुराकानी हुँदाखेरि मलाई त ग्रेटर नेपाल चाहियो, रियालिटी यो हो भनेर नक्सा टाँस्ने मान्छेले त आमनेसामनेमा पर्दा त्यो अगाडि राखेर बरु यो हो ग्रेटर नेपाल, यो हामीलाई चाहियो भन्नुपथ्र्यो होला नि त, हो यदि वास्तविक कुरा गर्न खोज्या हो भने, स्टन्टबाजी होइन भने । नत्र यो देखाउने कुराहरू गर्न सजिलो छ । दुई देशका बिचको सम्बन्धलाई वास्तविक मैत्रीका आधारमा, पारस्परिक लाभ र सम्मानका आधारमा नयाँ सिराबाट अगाडि बढाउनुपर्छ भन्ने कुरा, त्यसकै लागि इपीजी गठन गरिएको थियो, त्यसले रिपोर्ट तयार गरेको थियो, त्यो हेर्नै अस्वीकार गरियो । अनुमान के गरियो भने सायद त्यसमा राम्रा कुरा पनि छन् कि । त्यसै कारण त्यो हेर्नै अस्वीकार गरियो । हेर्नेले हेर्न अस्वीकार गरेपछि कमसेकम नेपालले त उठाउनुपथ्र्यो होला नि त्यो कुरा । किन त्यस सम्बन्धमा उठेन ? यो के विगतको बोझ हो कि विगतका बोझहरूलाई समाधान गर्ने प्रयास थियो ? त्यस सम्बन्धमा बोलिएन ।
आन्दोलनको सन्दर्भमा साथीहरूले आन्दोलन नगर्नुस् है भन्नुभो । यो आन्दोलन यस्तो चिज हो, तपाईँहरू सरकारसँग कन्फ्रन्टेसन चाहँदै चाहनुहुन्नथ्यो । सरकारको आलोचना गर्ने तपाईँहरूको मनसाय छँदै थिएन तर तपाईँहरूलाई बाध्य बनायो नि । तपाईँहरूका न्युजरुममा पसेर बकाइदा फाइल, कागज, मोबाइल, ल्यापटप तानतुन पार्ने आदि इत्यादि भएन ? तपाईँहरूलाई बाध्यता भएन ? सरकारका विरोधमा वक्तव्यबाजी गर्ने तपाईँहरूलाई रहर थियो र ? तर वक्तव्य गर्न परेन तपाईँहरूले ? दिनुप¥यो त । आन्दोलन भनेको त्यस्तै कुरा हो । त्यो बाध्यताले आन्दोलन, आन्दोलन कसैको रहर होइन, हुनु हुँदैन । नक्कली आन्दोलनका रहर कसैका होलान् तर वास्तविक आन्दोलनको रहर कसैलाई हुँदैन । आन्दोलन बाध्यताले गरिने चिज हो ।
स्पष्ट छ, राजनीतिक दलहरूसँग संवाद नगर्ने । अहिलेसम्म नेपालका प्रधानमन्त्री औपचारिक भ्रमणमा कुनै देशमा जाँदा सर्वदलीय बैठकहरू गरेर, सर्वपक्षीय गरेर, पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग बसेर छलफल गरेर, रायसल्लाह लिएर, अरू विज्ञ विद्वानहरूसँग पनि भेटेर रायसल्लाह लिएर देशको हितमा सुझाव आए भने राम्रै हो, त्यसलाई बोकेर जानु, सिङ्गै देशलाई आफ्नो साथमा लिएर जानु, सिङ्गै देशको प्रतिनिधित्व गरेर जानु वाञ्छनीय हुन्थ्यो होला । त्यसमा पनि त कुरा गर्न, संवाद गर्न, छलफल गर्न सरकार तयार भएन नि । कुरा नै गर्न तयार भएन कसैसँग । अथवा उहाँ जाँदा उहाँको साथमा देश थिएन । देशको ओपिनियन थिएन उहाँको साथमा । देशको समर्थन उहाँलाई थिएन । उहाँको निजी भ्रमण जस्तै थियो त्यो । त्यो राष्ट्रिय र राजकीय भन्न सुहाउने खालको भ्रमण थिएन । त्यसो भएर त्यहाँ विषय पनि थिएन । भित्रबाट केही कुरा भएको भएदेखि हामी जान्दैनौँ । बाहिर जे देखिएको छ, उहाँ फर्किनेबित्तिकै भारतबाट जे प्रतिक्रिया आयो, त्यसले स्पष्ट बनायो । यो विषयमा कुरा नै भएको छैन आदि कुराले क्लियर त ग¥यो नि, एजेन्डै बनेनन्, यो चर्चै चलेन, यो विषय नै उठेन भन्ने कुराहरू आयो । त्यसो भएपछि भ्रमण फिक्का थियो, फिक्का भयो भन्ने कुरा देखियो । अनि के विषयमा भयो त ? ठुलो नगरा पिटाइयो, २५ घण्टाको भ्रमण, सट्ट जाने सट्ट आउने । एयरपोर्टबाटै फर्किन पनि त सकिन्थ्यो नि– सट्ट जाने सट्ट आउनेका लागि । मुख्य कुरा त्यो हो कि संवाद हो ? राष्ट्रिय हितका प्रश्नहरूमा अहिलेको समयअनुसार दुई देशका बिचको सम्बन्धलाई व्यापारिक क्षेत्रमा प्रश्न होलान् आजको सन्दर्भमा । तत्सम्बन्धमा आजको अन्तर्राष्ट्रिय परिस्थितिअनुसार हामीले रिजनल लेभलमा गर्नुपर्ने काम होलान्, वातावरणका विषयमा संयुक्त ढङ्गले गर्नुपर्ने काम होलान् । वातावरणका रिजनल लेभलमा गर्नुपर्ने महत्त्वपूर्ण कामहरू छन्, त्यसमा गम्भीर छलफल हुनैपथ्र्यो । त्यसमा एउटा दृष्टिकोण बनाउनुपथ्र्यो र एउटा प्रतिबद्धताका साथ केही नयाँ नीति र नयाँ कदमहरू आवश्यक थिए वातावरणको सन्दर्भमा । विषय प्रवेश नै भएन ।
पुरानै शब्दावली उहिलेदेखि भन्ने गरेको, हामी दुई देशका बिचको सम्बन्ध सगरमाथा झैँ, हिमालय झैँ उच्च छ, समुद्र झैँ गहिरो छ, सगरमाथा झैँ उच्च, हिन्द महासागर झैँ गहिरो भन्दै आएका शब्दहरू हुन् । तर प्रोब्लेम रहित छैन । त्यसकारण प्रोब्लेम समाधान गर्नुपर्छ, समस्याको समाधान गर्नुपर्छ भनेर इपीजी बनाइएको थियो, त्यसले प्रतिवेदन दिएको थियो । त्यो कमसेकम हेरौँ । ठिक रहेनछ भने डस्टबिनमा फालौँला हेरेर । ठिकै रहेछ, काम लाग्ने रहेछ भने त्यसलाई अपनाएर समस्याहरूलाई समाधान गरेर अगाडि बढौँ वास्तविक मित्रताका साथ भनेर ।
सत्तालाई केन्द्रभागमा राखेर होइन, राष्ट्रिय हितलाई केन्द्रभागमा राखेर व्यवहार गरिनु पर्छ, कुराकानी गरिनु पर्छ । आफ्नो सरकारको आयुलाई केन्द्रभागमा राखेर होइन । सरकार भनेको त आउने–जाने कुरा हो भन्ने हामीले बुझ्नुपर्दछ । तर आफूले मौका पाएका बेला राष्ट्रिय हितमा आवाज उठाउनुपर्छ । कुरा गर्नुपर्छ, एजेन्डा बनाउनुपर्छ, विषय बनाउनुपर्छ । कुनै कुरा यदि गर्न सकिँदैन भने कमसेकम के अन्डरस्ट्यान्ड गर्न सकिन्छ भने यदि तत्काल गर्न सकिँदैन भने त्यसलाई पोस्टपोन गरेर अहिले मिलाउन सकिने, गर्न सकिने कामहरू गरेर अगाडि जानुपर्छ ।
लोकतन्त्रका लागि मिलेर जानुपर्ने कुरा– लोकतान्त्रिक शक्तिहरूका बिचमा सहकार्य हुनुपर्छ भनेर हामीले संस्थागत रूपमा पारित गरेका छौँ, हाम्रो संस्थाको नीति हो । संस्थागत रूपमा पारित गरेका छौँ, दस्तावेजीय रूपमा ती आएका छन् र यसमा मैले धेरै थप भनिरहनुपर्ला जस्तो लाग्दैन । यो लेफ्ट र राइटको कुरा होइन यतिबेला । किनभने ०४६ सालमा पञ्चायत फाल्दा हामीले काङ्ग्रेस पनि, हामी पनि, लेफ्ट एलायन्स समेत बनाएर मिलेर आन्दोलनमा गएका थियौँ । र अहिलेको परिस्थिति पनि डेमोक्रेटिक फोर्सेसहरूका बिचमा मिनिमम अन्डरस्ट्यान्ड गर्ने, डेमोक्रेसीको पक्षमा, शान्तिको पक्षमा, स्थिरताको पक्षमा, स्थायित्वको पक्षमा, संविधानको रक्षाको प्रश्नमा मिलेर जानुपर्ने आवश्यकता छ ।
अर्को कुरा, डेमोक्रेसी वापसी भन्ने कुरालाई साथीहरूले एकदम धेरै बोझिलो अर्थमा लिनुभएको होला । डेमोक्रेसी त चाहियो नि, वापस गर्नुप¥यो नि । यो आजको जमानामा न्युजरुममा पस्ने, अब राणा शासनमा भए के गथ्र्यो अहिलेको जस्तो अवस्था थिएन, पस्थ्यो होला सायद । पञ्चायतकालमा पनि यसो गरेको थिएन यति हदसम्म । कमजोर थियो प्रेस, तर पनि त्यति गरेको थिएन । जति थिए प्रेस, जति लेख्थे, जति सक्थे तर पनि यस्तो गरेको थिएन । अहिले त्यो स्थितिमा पुगेको छ भने डेमोक्रेसी वापस चाहिएन? प्रेस स्वतन्त्रता भनेको अर्कै कुनै चिडियाको नाम त हुँदैन नि । प्रेस स्वतन्त्रता भनेको प्रेसले स्वतन्त्रता पाउनुप¥यो, जवाफदेही लिनुप¥यो । रेस्पोन्सिबल प्रेस, इन्डिपेन्डेन्ट प्रेस, जसले आफ्नो फ्रिडम एक्सरसाइज गर्न सकोस्, तर रेस्पोन्सिबल पनि हुनुपर्छ ।
अर्को कुरा के भने आ–आफ्नो स्रोत आफु–आफूले बचाएर राख्नुपर्छ । स्रोत भन्न, खुलाउन मिडियालाई बाध्य पार्नु हुँदैन । त्यो उसको आर्ट हो, कला हो, क्षमता हो स्रोत फेला पार्ने । तर नाम नखुलाउने सर्तमा यो तपाईँहरूले पनि गर्नुहुँदैन । नाम नखुलाउने सर्तमा भन्यो, झुटो एउटा दियो किन खुलाउनु परेन भनेपछि अनि जे लेखे पनि भो, त्यस्तो पनि गर्नुहुँदैन । अथवा के विशेष सूत्रका अनुसार भनेर झुटो न्युजहरू दिने, त्यो अभ्यास गर्नुहुँदैन । न्युज साँचो होस् । किन तपाईँहरूको कर्तव्य जनतालाई सुसूचित गर्ने हो, सचेत गराउने हो, सूचना दिने हो, शिक्षित गर्ने हो । शिक्षित गर्ने पनि तपाईँहरूको काम हो र केही मात्रामा मनोरञ्जन पनि गर्ने तपाईँहरूकै काम हो । तीनटा क्षेत्र तपाईँहरूका मुख्य रूपमा हुन्छन् । ती तीनटा क्षेत्र सत्यमा आधारित हुनुपर्छ र वास्तवमा पीत पत्रकारिता भन्छ नि, त्यसबाट हामी टाढा रहनुपर्छ । मलाई लागेको त्यही हो ।
चिकेन नेकको कुरा मैले पनि सञ्चार माध्यमहरूमा अलिअलि हेरेको छु, सामाजिक सञ्जालमा हेरेको छु । तर मलाई त्यसबारे जानकारी छैन, यो कुरा उठ्या हो कि होइन । इतिहास के हो भने १९४७ सम्म भारत र पाकिस्तान थिएन । हामीले भारत र पाकिस्तान बनाएको होइन । पूर्व पाकिस्तान, पश्चिम पाकिस्तान र हिन्दुस्तान हामीले बनाएको होइन । पूर्व पाकिस्तान, पश्चिम पाकिस्तान र इन्डिया बनाउँदा चिकेन नेक बन्यो होला । बाँडेको हामीले त होइन नि । अनि ७१ मा बङ्गलादेश बन्यो, पूर्व पाकिस्तान । त्यो कसरी बन्यो सबैलाई थाहा छ । त्यतिबेला पनि सायद चिकेन नेकको इस्यु समाधान गर्न सकिन्थ्यो कि, त्यो हामीले जान्ने कुरा होइन । त्यसपछि पाँच वर्ष जति भो कि, भारत र बङ्गलादेशले भूमि लेनदेन गरी–गरीकन सीमा मिलाए । त्यसबेला भूमि लेनदेन गरेर सीमा मिलाउँदा चिकेन नेकको प्रश्न पनि सल्भ गर्न सकिँदो हो कि, यदि उहाँहरूको त्यसमा रुचि थियो भने । त्यो हाम्रो विषय होइन । त्यसकारण म के ठान्छु भने यो केही पत्रकारिताको कुरो, बौद्धिकताको कुरो होला कि जस्तो लाग्छ मलाई । नत्र त चिकेन नेक त १९४७ भन्दा अगाडि हुँदै नभएको, त्यसपछि पनि समाधान गर्न सकिने अनेक अवसर आएर गुज्रिएको विषय र नेपालसँग कहिल्यै सरोकार नभएको यो १९४७ यता जन्माइएको कुरा भन्दै छु म । हामीसँगको हाम्रो टिस्टा सिमानाबाट मेची सिमाना भएको त १८१६ मा हो । १८१६ को हाम्रो सिमानासँग १९४७ पछि उहाँहरू आफैँले सिर्जना गरेको र आफैँले समाधान गर्न सक्ने नगरेको विषय यदि समाधान खोजेको हो भने त्यो नगरेको विषय नेपालसँग कतै जोडिँदैन । त्यसकारण यस्तो कुरामा नेपाल अल्झिरहनुपर्ने, त्यस्ता कुरामा छलफल गर्नुपर्ने विषय नै होइन यो । यस्ता कुराहरू न पहिले चले, न पछि चल्ने कुनै आधार छ । यो मिल्दै मिल्दैन, कुरै गर्न मिल्दैन । त्यसकारण हामीले पनि यस्तो विषयहरूलाई हो न हो के–के हो भनेर विषय बनाएर छलफल गर्नु वाञ्छनीय हुँदैन, चिकेन नेकको कुरामा ।
नेकपा (एमाले)को असाध्यै चिन्ता गर्नुभो साथीहरूले युनिटी होस् भनेर, धन्यवाद छ तपाईँहरूलाई । युनिटी छ पार्टीमा । हाम्रो पार्टी डेमोक्रेटिक पार्टी भएको हुनाले यहाँभित्र छलफल हुन्छन्, अनेक कुरा हुन्छ, विचारको स्वतन्त्रता छ । एउटा चिन्ता साथीहरूले आफैँले जाहेर गर्नुभएको छ यो पार्टीभित्र त हो, बाहिर छताछुल्ल किन भएको यस्तो भन्ने । त्यस्तो नगर्नका लागि साथीहरूलाई अस्तिको केन्द्रीय कमिटी बैठकले ‘कट अफ’ बैठक भनेर तपाईँहरूलाई थाहा छ, अलिकति अराजकता बाहिरसम्म छरिन पुगेको हो र यो पराजयका बेला मान्छेहरूमा छटपटी, निराशा अनेक चिज पैदा हुन्छ । हामीले फागुन २१ मा चुनाव नराम्रोसँग हा¥यौँ । अनिकाल लाग्यो भने घरमा झगडा हुन्छन् भन्छन् गाउँघरतिर । त्यस्तै असहज परिस्थितिमा त्यो अवस्था पर्छ । जुवा खेलेर कसैले पैसा ल्यायो भने अनुचित ढङ्गले ल्याइस् भनेर कुनै दाजुभाइले भन्दैन । हारेर आएछ दाजुभाइ भने त ऋण तिर्नुप¥यो, तैँले जुवा खेल्या ऋण हामी तिर्छौँ भनेर बुरुक्क उफ्रिन्छन् । जितेर ल्यायो भने यस्तो जुवा जस्तो खेल्या पैसा तँइ राख्, हामीलाई चाहिँदैन, हामी नाफा–नोक्सान केहीमा पनि मतलब राख्दैनौँ, ऋण लाग्या भए पनि तिर्दैनथ्यौँ, हारेको भए पनि तिर्दैनथ्यौँ, जिते पनि लिन्नौँ भनेर भन्दैन । मान्छेको प्रवृत्ति यस्तो हुन्छ नि । अब यहाँ जुवामा जितेको भए पनि रास्वपा हाइहाइ छ, जे सुकै भए पनि । परिस्थितिजन्य कारणहरू विभिन्न भए, त्यसले गर्दा एक समय हामीले पराजय भोग्नुप¥यो । बहुदलीय प्रणाली र आवधिक निर्वाचन भनेको हार्ने–जित्ने कुरा हो भन्ने । यो हार्ने–जित्ने कुरासँग हाम्रो आपत्ति होइन । त्यसमा फेयरनेसका साथ हारियो–जितियो कि जितिएन भन्ने एउटा कुरा हो, फेयर हुनुपर्दछ । अर्को हाम्रो आपत्ति भनेको आगजनी, तोडफोड, हिंसा यो कुरासँग हो । डेमोक्रेटिक ढङ्गले हामीलाई हराउन नपाउने भन्ने हुन्छ र? हामीलाई शून्य सिटमा पनि झार्न पाइन्छ डेमोक्रेटिक इलेक्सनबाट, मज्जाले पाइन्छ डेमोक्रेटिक वेएबाट । त्यो भोग्न हामी तयार छौँ । हामीले पनि मज्जाले जित्न पाउनुपर्छ । हामी जित्यौँ भने भतभती पोल्छ कतिको छाती, भित्र मात्रै होइन अन्यत्र समेत भूराजनीति नै भतभत हुन्छ हामीले जित्यौँ भने । त यस्तो खालको पनि डेमोक्रेटिक भ्यालुजलाई मान्ने भन्ने शक्तिहरूबाट, कहीँ–कतै व्यक्तिहरूबाट हुनु हुँदैन भन्ने हामीलाई लाग्छ ।
साथीहरूलाई धेरै–धेरै धन्यवाद छ, मैले आफ्नो पार्टीका नीतिहरू, दृष्टिकोणहरू अत्यन्तै खुलस्त ढङ्गले यहाँ प्रस्तुत गरेको छु । सबै साथीहरूलाई धन्यवाद ।
