detail-img

कर्णाली प्रदेशको सभामुखमा नेकपा (एमाले) की सभासद् गुरुङ निर्वाचित 

काठमाडौं । कर्णाली प्रदेशको सभामुखमा नेकपा (एमाले) की सभासद् नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । 
आज भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो । ४० सभासद् रहेको कर्णाली प्रदेश सभामा ३८ जना मतदानमा सहभागी हुनुभएको थियो । गुरुङलाई नेकपा (एमाले) का १०, नेकपा माओवादी केन्द्रका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद्को एक मत प्राप्त भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ की स्थायी बासिन्दा गुरुङ समानुपातिक निर्वाचन प्रणालीबाट  प्रदेश सभासद निर्वाचित हुनुभएको हो । उहाँ नेकपा (एमाले) कर्णाली प्रदेशको सचिवालय सदस्य हुनुहुन्छ । 
सभामुखका अर्का उम्मेदवार नेपाली काँग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गर्नुभयो । पोखरेलले काँग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गर्नुभयो । ज्येष्ठ सदस्य नेपाली काँग्रेसका हिक्मतबहादुर बिष्ट र एकजना स्वतन्त्र सभासद्ले मतदान गर्नुभएन ।