detail-img

बाग्मती प्रदेश सभाको उपसभामुखमा चापागाईं 

काठमाडौं । बाग्मती प्रदेशको उपसभामुखमा नेकपा (एमाले) की सभासद् अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ ।
सोमबार प्रदेश सभा सचिवालयमा भएको निर्वाचनमा सत्ता गठबन्धनकी साझा उम्मेदवार चापागाईं ६१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उपसभामुखमा तीन जना उम्मेदवार हुनुहुन्थ्यो । सत्ता साझेदार दलहरूको साझा उम्मेदवारमा नेकपा (एमाले) की चापागाईं, नेपाली काँग्रेसबाट सुना परियार र नेमकिपाकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
चापागाईं समानुपातिकतर्फको निर्वाचनबाट प्रदेश सभासद् निर्वाचित हुनुभएको थियो । उहाँले एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२ र हाम्रो नेपाली पार्टीका १ मत प्राप्त गर्नुभएको हो ।