detail-img

विभिन्न संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता र सामाजिक सद्भावका आधार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 
तामाङ समुदायको नयाँबर्ष सोनाम ल्होछार (तवार ल्हो) का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष ओलीले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वमा मुलुकको राष्ट्रिय एकता, पारस्परिक, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार रहेको उल्लेख गर्नुभएको छ । 
संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भन्दै उहाँले सन्देशमा विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभएको छ ।
अध्यक्ष ओलीको शुभकामना सन्देशको पूर्णपाठः