detail-img

राष्ट्रिय सभा सदस्यमा केन्द्रीय सदस्य दसौदी निर्वाचित 

काठमाडौं ।  राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले) का केन्द्रीय सदस्य कुमार दसौदी निर्वाचित हुनुभएको छ । 
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य चयनका लागि २०७९ माघ २५ गते भएको उपनिर्वाचनमा सत्ता साझेदार दलका साझा उम्मेदवार दसौदीले चार हजार २६ मतभार प्राप्त गरी विजयी हुनुभएको हो । नेता दसौदी रोल्पा निवासी हुनुहुन्छ । उहाँ नेकपा (एमाले) रोल्पाको सहइन्चार्ज हुनुहुन्छ । 
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधव आचार्यले तीनहजार ७२० मतभार प्राप्त गर्नुभएको थियो । 
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुुख मतदाता हुने व्यवस्था छ । लुम्बिनीमा सात हजार नौसय मतभार रहेको छ ।