-नेताहरुको सम्बोधन पार्टीलाई एकताबद्ध बनाउन र नेताकार्यकर्तामा नयाँ ऊर्जा र उत्साह ल्याउनका लागि महत्वपूर्ण
६ असोज (२०८३), ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज दोस्रो दिन, अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्यो । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभयो ।
बैठकलाई सम्बोधन गर्दै दुबै नेताहरुले पार्टीभित्र देखिएका विभिन्न भ्रम तथा संशयलाई निस्तेज पार्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले देशभर रहेका पार्टीका नेता तथा कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह सञ्चार गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाउनुभयो ।
त्यसपछि केन्द्रीय सदस्यहरूबाट अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर आफ्ना धारणा, सुझाव तथा विचार राख्ने क्रम सुरु भएको थियो । छलफललाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक केन्द्रीय सदस्यका लागि तीन–तीन मिनेटको समय निर्धारण गरिएको थियो ।
बैठकमा केन्द्रीय सदस्यहरूले संगठन निर्माण तथा पार्टीलाई थप एकताबद्ध बनाउने विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
बैठकको पहिलो दिन अध्यक्षबाट उद्घाटन सम्बोधन, बैठकका एजेण्डा प्रस्तुत र राजनीतिक प्रतिवेदन प्रस्तुत भएको थियो भने आज दोस्रो दिनबाट केन्द्रीय सदस्यहरुले बोल्ने क्रम शुरु भएको हो ।
आजको बैठकमा अइन्द्रसुन्दर नेम्वाङ, अग्नि खरेल, अच्युत मैनाली, डा. अजयक्रान्ति शाक्य, अजयकुमार गुप्ता, अफिलाल ओखेडा, अमन मास्के, अमर यादव, अशोक ब्याञ्जु, अस्मिता थापा, आनन्द पोखरेल, आरती भण्डारी, आरसी लामिछाने, आशाकुमारी विक, आशारत्न जवेगुलगायतका केन्द्रीय सदस्यहरूले धारणा राख्नुभयो ।
त्यसैगरी, इन्दिरा सञ्जेल, एलिसा गौतम, इन्द्र भण्डारी, उपेन्द्रप्रसाद साह, उर्मिला सुनुवार, उषाकला राई, ऋषिकेश पोखरेल, एकलाल श्रेष्ठ, इकवाल मियाँ, ऐन महर, कमलादेवी ओली, कमलादेवी तामाङ, कमला बोहोरा, कर्णबहादुर थापा, कल्पनाकुमारी कटुवाल, कल्पना चापागाईं, किरण गुरुङ, किरण पौडेल, कुन्दन कुशवाह, कृपाराम राना, कृष्णकुमार श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, कृष्णभक्त पोखरेल, कृष्णी थारु, केशव पाण्डे, कोमल ओली र क्रान्ति बुर्लाकोटीले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
त्यसैगरी बैठकमा खड्गबहादुर खड्का, खिमबहादुर थापा, खिमलाल भट्टराई, खेम लोहनी, खेममान खड्का, गंगाप्रसाद यादव, गणेशसिंह ठगुन्ना, गिरिधारीलाल न्यौपाने, गीता अधिकारी, गीता कार्की, गुमादेवी आचार्य, गोकुल बाँस्कोटा, गोरखबहादुर बोगटी, गोविन्द गिरी, गोविन्द थापा, गोविन्दकुमार पुन, गोविन्दबहादुर नेपाली, गौरिशंकर थारु चौधरी, चक्रबहादुर मल्ल, सीपी घर्ती, चिन्तन पाठक, चेतनारायण आचार्य, जंग नेपाली, जगदीशप्रसाद कुशियत, जनक चौधरी, जमिन्द्रमान घले, जलबर्षा राजवंशी, जितबहादुर मल्ल, जितु गौतम, जगत विश्वकर्मा, जीवन गौतम, जीवन घिमिरे, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, झपट रावल, डा. टीका ढकाल, टुकाभद्रा हमालले पनि बोल्नुभयो ।
केन्द्रीय सदस्य ठाकुर गैरे, डम्बर बहादुर सिंह, डोल्मा तामाङ, तारा सञ्जेल, ताराकान्त चौधरी, तिलकुमार म्याङ्वो, तिलबहादुर महत क्षेत्री, तुल्सीप्रसाद न्यौपाने, थममाया थापा, ठानेश्वर बस्याल, दधिराम न्यौपाने, दल फडेरा, दल रावल, दानसिं परियार, दामोदर भण्डारी, दीपक कार्की, दीलिपकुमार अग्रवाल, देवका पहारी, देवीप्रसाद ज्ञवाली, देवेन्द्र दाहाल, नरदेवी पुन, नरुलाल चौधरी, नरेश रोकाय, नवराज ओझा, नवराज रावत, नगिन्द्र शाही, नारायणी आचार्य, निता घतानी, निरु दर्लामी, निरज आचार्य, निरुदेवी पाल, निर्मला देवकोटा, निर्मला पाठक, निशा अधिकारी, पठानसिंह बोहरा, पदम गिरी, पद्मा खड्कासहित ११८ जना सदस्यहरुले आ–आफ्ना धारणा राख्नुभएको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रेस नोट जारी गरी जानकारी गराउनुभएको छ ।
