detail-img

जुम्लाको पातारासीमा र गोठीचौरमा वडा कमिटी गठन

काठमाडौं । मिसन ग्रासरूट अन्तर्गत विहीबार जुम्लाको पातारासी गाउँपालिका वडा नं. १ मा परे ऐडिको अध्यक्षतामा २७ सदस्यीय पार्टीको वडा कमिटी गठन गरिएको छ । 
नवगठित कमिटीको उपाध्यक्षमा कालिका बुढा, सचिवमा लाल बहादुर बुढा, उपसचिवमा रामचन्द्र ऐडि र उपसचिव बुद्धि ऐडि रहनुभएको छ ।

 
उक्त कमिटीलाई मिसन ग्रासरुटका लागि खटिनुभएका केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही (नेसनल) र प्रदेश कमिटी सदस जयबहादुर खत्रीले प्रशिक्षण दिनुभएको थियो । 
कार्यक्रममा पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता दिने काम पनि भएको थियो । 
२५ जनालाई पार्टी सदस्यता 
यसैगरी गोठीचौर गाउँपालिका–१ मा बुधबार केन्द्रीय प्रतिनिधि नगिन्द्र शाहीको उपस्थितिमा  लाल बहादुर बस्नेतको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । 
गोठीचौरमा २५ जनालाई पार्टी सदस्यता प्रदान गरिएको छ ।  कार्यक्रममा प्रदेश कमिटी सदस्य जयबहादुर खत्री लगायत जिल्ला कमिटीका सदस्यको उपस्थिति रहेको थियो ।