detail-img

केन्द्रीय कमिटीको दोस्रो बैठक सम्पन्न

काठमाडौँ । नेकपा (एमाले), केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बैठक २०७८ मङ्सिर २५ र २६ गते जर्मन होम्स हस्पिटालिटी, भक्तपुरमा सम्पन्न भएको छ । अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले १५ वटा कार्यसूचीमा छलफल गरी निर्णय गरेको छ ।

बैठकको आरम्भ गर्दै अध्यक्ष कमरेडले प्रथम विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको सफलता र त्यसको उपलब्धिका बारेमा संक्षिप्त रुपमा चर्चा गर्दै भन्नुभयो, ‘हामी एउटा नयाँ उचाइका साथ इतिहास रच्दैछौं । दशौं महाधिवेशन एकदमै भव्यताका साथ सम्पन्न भएको छ । यो महाधिवेशनमा हामीले प्रतिस्पर्धा र सहमतीलाई प्mयुजन गरेका छौं । पहिलो बैठकबाटै हामीले सबै योजना सम्पन्न गर्न सम्भव थिएन । त्यसकारण त्यसबेला हामीले संक्षिप्त बैठक बस्यौं । आज र भोली निर्धारित कार्यसूचीमा छलफल र निर्णय गर्ने गरी बैठक बस्दैछौं ।

अध्यक्ष कमरेडले आगामी निर्वाचनको तयारीलाई ध्यानमा राखेर अब हामीले गर्नुपर्ने प्रमुख पाँच काम के हो ? प्रत्येक वडा तहमा, पालिका तहमा र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा त्यहाँका जनतासँग सोध्नुपर्दछ । र, सोहीअनुरुप हाम्रो निर्वाचन रणनीति तय गर्नुपर्दछ ।

महासचिव कमरेड शंकर पोखरेलद्वारा प्रस्तुत कार्यसूची अनुमोदन गर्दै बैठकले त्यसमाथि छलफल र निर्णय गरेको थियो । बैठकका एजेन्डाहरु यसप्रकार थिएः

  • १. केन्द्रीय सदस्यहरूको सपथग्रहण,
  • २. महाधिवेशनको सामान्य समीक्षा
  • ३. केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन
  • ४. पोलिटब्युरो गठन
  • ५. स्थायी कमिटीको गठन
  • ६. केन्द्रीय सल्लाहकार परिषद् गठन
  • ७. कार्यविभाजन
  • ८. प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन
  • ९. जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण
  • १०. विधान सम्पादन र नियमावली संशोधन
  • ११. बैठक सञ्चालन कार्यविधि
  • १२. केन्द्रीय कार्यालय व्यवस्थापन
  • १३. महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान
  • १४. बरियातक्रम निर्धारण
  • १५. जनसंगठनको सुदृढीकरण अभियान