detail-img

रुकुम पश्चिममा अनेरास्ववियु पालिकास्तरीय कमिटी गठन

काठमाडौं । मिसन ग्रासरूट अन्तर्गत रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको भेला सम्पन्न भएको छ । 
पार्टीका केन्द्रीय सदस्य रतननाथ योगी, प्रदेश कमिटी सचिवालय सदस्य कर्ण बहादुर घर्ती, पार्टीका जिल्ला कमिटीका  उपाध्यक्ष मनवीर घर्ती, उपसचिव रचना मल्ल, प्रदेश प्रतिनिधि तिलक मल्ल, पालिका अध्यक्ष लोकबहादुर खड्का लगायतको उपस्थितिमा भेला सम्पन्न भएको छ । 
भेलाबाट २३ सदस्यीय अनेरास्ववियु पालिकास्तरीय कमिटी गठन गरिएको छ । नवगठित कमिटीमा अध्यक्ष करण खड्का बिटालु, उपाध्यक्षमा सुनिता ओली, सचिवमा नवीन खड्का, उपसचिवमा गीता पुन मगर, उपसचिवमा टीकाराम ओली, कोषाध्यक्षमा कमल बिष्ट र सदस्यहरू रहनुभएको छ । नवनिर्वाचित कमिटीलाई केन्द्रीय सदस्य योगी लगायत नेताहरूले वधाई दिनुभएको थियो ।