detail-img

मिसन ग्रासरुट अन्तर्गत धादिङमा प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी धादिङद्वारा आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ केन्द्रित अभिमुखीकरण कार्यक्रम विहीबार सम्पन्न भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा मदन–आश्रित स्मृति भवन, धादिङवेँसीमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा कार्यक्रममा पार्टी कमिटी सदस्य काशिनाथ अधिकारी, केन्द्रीय सदस्य खेम लोहनी, रूपनारायण श्रेष्ठ, कैलाश ढुङ्गेल लगायत अभियानमा खटिनु भएका नेताहरू पनि उपस्थित हुनुहुन्थ्यो । 
कार्यक्रममा उपाध्यक्ष पाण्डेले अभियानको उद्देश्य, पार्टीको कार्यदिशा र कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनुभएको थियो । फरक प्रसङ्गमा उपाध्यक्ष पाण्डेले देशको आर्थिक अवस्था अझ बिग्रने सङ्केत देखिएको बताउनुभयो ।
नुवाकोटको दुप्तेश्वरमा विस्तारित बैठक
यसैगरी, नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत नुवाकोटको एमाले दुप्चेश्वर गाउँपालिका कमिटीको विस्तारित बैठक बुधबार सम्पन्न भएको छ । केन्द्रीय कमिटी सदस्य माधवप्रसाद अर्यालको प्रमुख आतिथ्यता र वडाअध्यक्षसमेत रहेका कमिटीका अध्यक्ष मैतबाहादुर तामाङ (प्रेम) को अध्यक्षतामा समुन्द्रटारमा बैठक बसेको हो ।

 

बैठकले चैत ११ गतेसम्म वडा तहको बैठकको आयोजना गर्ने लगायत अभियानको विविध कार्ययोजना तय गरेको छ । बैठकमा जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, प्रदेश कमिटी सदस्यहरू बलराम आचार्य, अजितमान तामाङ, गोकर्णराज पाठक, जिल्ला कमिटी उपसचिव काशिराज अधिकारी, निलकण्ठ आचार्य लगायतले सम्बोधन गर्नुभएको थियो ।