detail-img

‘मिसन ग्रासरूट नेताहरूको अग्निपरीक्षा’ 

अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसालले तोकिएको काम पूरा नगर्ने पार्टीका स्थानीय नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरिने बताउनुभएको छ ।  शितगङ्गा नगरपालिका वडा नम्वर ३ मा मिसन ग्रासरूट अन्तर्गत  अभिमुखीकरण कार्यक्रममा बोल्दै भुसालले अधिवेशनको बेला पदमा बस्न मरिहत्ते गर्ने तर पार्टीको जिम्मेवारी पूरा नगर्नेहरूलाई पदमा राखिराख्न नसकिने स्पष्ट गर्नुुभयो । 
उहाँले मिसन ग्रासरुट नेता कार्यकर्ताहरूका लागि अग्नि परीक्षा भएको र कामको आधारमा जिम्मेवारी दिनका लागि यो अभियान कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।  
राष्ट्रियताको पक्षमा उभिने एमालेलाई कमजोर बनाएमात्र आफ्नो उद्देश्य सफल हुने देखेर वाह्य शक्तिले वर्तमान  नयाँ समीकरण निर्माण गरेको उहाँको भनाई छ । 
अध्यक्ष भुसालले एमालेलाई कमजोर बनाउन देशभित्र र देश बाहिरका शुिक्त लागे पनि जनताको बलमा एमाले सधै बलियो रहेको र अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले शितगङ्गा नगरपालिकाका अध्यक्ष बसन्त श्रेष्ठ, जिल्ला कमिटीका सदस्य शिवकला विक लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम ग्रासरूटमा खटिने नेता कार्यकताको कार्य विभाजन समेत गरेको छ ।