detail-img

मिसन ग्रासरुटले पार्टीलाई सुदृढ बनाउनेः गुरूङ 

पोखरा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले देशको समृद्धिको यात्राका लागि पार्टीको संगठन सुदृढ़ीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरूट’ कोसेढुङ्गा सावित हुने बताउनुभएको छ ।
पोखरामा आज प्रेस चौतारी नेपालको गण्डकी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहनुभएका गुरूङले मिसन ग्रासरूटले पार्टीभित्र रहेको अराजकताको पनि अन्त्य गर्ने बताउनुभयो । उहाँले प्रेस चौतारीलाई सक्षम पत्रकारहरूको संगठन बनाउनुपर्ने  बताउनुभयो । 
बैठकलाई नेकपा (एमाले) का गण्डकी प्रदेश उपसचिव रश्मी आचार्य, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, कोषाध्यक्ष इन्द्र आचार्य, पार्टीका तर्फबाट प्रेस चौतारीका ईञ्चार्ज रामकृष्ण ज्ञवाली, सचिव शुष्मा पौडेल र इन्द्र पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।