detail-img

पीछडावर्ग महासंघ मधेश प्रदेशको अधिवेशन सम्पन्न

बीरगञ्ज । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत पर्साको वीरगञ्जमा अखिल नेपाल पीछडावर्ग (ओबीसी) महासंघको मधेस प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेकपा (एमाले) का सचिव एवम् मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठको प्रमुख आतिथ्य र महासंघका प्रदेश संयोजक गजेन्द्र प्रसाद पटेलको अध्यक्षता अधिवेशन सम्पन्न भएको हो । 
अधिवेशनमा पार्टी पोलिटब्युरो सदस्य एवम् मधेस प्रदेशका सह–ईञ्चार्ज सुमन प्याकुरेल पनि सहभागी हुनुहन्थ्यो । 
अधिवेशनबाट गजेन्द्र प्रसाद पटेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा ननीपत सहनी र चितरञ्जन यादव, सचिवमा भगवान लाल पटेल तथा कोषाध्यक्षमा किरण ठाकुर चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा सुढु चौरसिया, मुक्ति चौहान, राजेन्द्र साह, सरोज जयसवाल, मलिया देवी, जमुना साहलगायत रहनुभएको छ । 
अधिवेशनलाई सम्बोधन गर्दै सचिव महासेठले देश विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । वर्तमान सरकार आफ्नो स्वार्थ पूर्तिका लागि विदेशीको इसारामा चलिरहेको धारणा व्यक्त गर्दै उहाँले वर्तमान दश दलीय गठबन्धन विदेशीको इसारामा बनेको र यसले विदेशीकै हितमा काम गर्ने प्रष्ट पार्नुभयो ।