detail-img

बागलुङको ढोरपाटनमा प्रशिक्षण  कार्यक्रम  

बागलुङ । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत बागलुङको ढोरपाटन उपत्यकामा आइतबार प्रशिक्षण  कार्यक्रम आयोजना गरिएको छ । 
पार्टीका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दीगो विकासका लागि उत्तरगङ्गा जलाशययुक्त आयोजना कोसेढुङ्गा सावित हुने भन्दै तत्काल काम थाल्नुपर्ने बताउनुभयो । उहाँले जलाशययुक्त आयोजना निर्माणपछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । 
गण्डकी प्रदेशकै गौरवको आयोजना भएर पनि उत्तरगङ्गा कम चर्चामा रहने गरेको भन्दै उहाँले सबै पक्ष र क्षेत्रबाट यो आयोजना सञ्चालनका लागि सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो ।