detail-img

कालिकोटको पचालझरनामा भेला तथा प्रशिक्षण 

कालिकोट । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत पचालझरना गाउँपालका वडा नं.५ बाँझकोटमा सोमबार भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दल रावलले नेकपा –एमाले) नेपाली जनताको अक्सिजन र नेपाल राष्ट्रको मेरुदण्डका रूपमा रहेको वताउनुभयो । 
भेलाबाट जनसंगठनहरूको गठनका साथै पार्टी सदस्यता नवीकरण, संगठन विस्तार लगायतका कामहरूका लागि कार्ययोजना निर्माण गरिएको छ । 
कार्यक्रममा प्रदेश कमिटी सदस्य रमेशकुमार शाही लगायतको उपस्थिति थियो ।